बन्दको अवज्ञा गर्दै बाबुरामले बुझाए संवाद समितिको प्रतिवेदन

404
  •  
  •  
  •  

BRB proकाठमाडौं २९ पुस (ओएनएस) : आफ्नै पार्टीले आह्वान गरेको बन्दको अवज्ञा गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले समितिको प्रतिवदेन बुझाएका छन् ।

यसअघि संविधानसभाले सहमति गर्न दिएको चार दिनमा कुनै प्रगति नभएपछि भट्टराईले असहमतिका बुँदासहित प्रतिवदेन मंगलबार सिंहदरबारमा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई बुझाएका हुन् ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आह्वान गरेका ताम्सालिङ, नेवा र मधेश बन्द तथा मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले आह्वान गरेको मध्यमाञ्चल बन्दको कारण यी क्षेत्रका जनजिवन प्रभावित छ ।

मंगलबार बोलाइएको संविधानसभाको बैठकमा अनुपस्थित हुने भन्दै एमाओवादी नेतृत्वको मोर्चाले बैठक स्थगित गर्न आग्रह गरेपनि डा. भट्टराईले भने प्रतिवदेन बुझाएका हुन् ।

सोमबार आह्वान गरिएको बन्दको दौरान आफ्ना कार्यकर्ता राजाराम झाको प्रहरीको कुटाइले मृत्यु भएको भन्दै ३० दलीय मोर्चाले संविधानसभामा अनुपस्थित हुने बताएका हुन् । एमाओवादीले आफ्ना सभासदलाई मंगलबारको संविधानसभा बैठकमा उपस्थित नहुन पनि निर्देशन दिइसकेको छ ।

संविधानसभाको बैठकलाई प्रभावित पार्न एमाओवादीले आफ्नो सभासदलाई निर्देशन दिएपनि संवाद समितिका सभापति भट्टराईले पाँचौ पटक विवादित बिषयमा सहमति गर्न नसकेको प्रतिवदेन सभाध्यक्ष नेम्वाङलाई बुझाएका हुन् ।

प्रतिवदेन बुझेपछि सभाध्यक्ष नेम्वाङलmे सहमति हुन नसकेको संविधानको प्रक्रियाअनुसार अघि बढ्ने बताए । सहमतिको आधारमा प्रतिवेदन आएको भएको राम्रो हुने बताएका नेम्वाङले अब स्थापित मान्यता अनुसार अघि बढ्नु पर्ने बताए ।

संविधान जारी गर्न तोकिएको मिति माघ ८ आउँनै लाग्दा दलहरुबीच दुरी बढ्दै गएको छ । दलहरुबीच राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाला लागयतको विषयमा विवाद छ ।


  •  
  •  
  •