सहमति जुटाएरमात्र संवाद समितिको बैठक राखिने

72
  •  
  •  
  •  

काठमाडौं,  २७ पुस (ओएनएस) :  संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको बैठक सहमति जुटाएर मात्र राख्ने समितिका सभापति डा. बाबुराम भट्टराईले बताएका छन् ।

आइतबारको बैठकमा सभापति डा. बाबुराम भट्टराईले अहिलेसम्म संवाद समितिको पहलमा भएका विभिन्न पक्षस“गको वार्ता–छलफलहरु सकारात्मक भएको बताए ।

संवाद समितिको बैठकपछि सभापति भट्टराईले भने – ‘भोलिसम्मको निम्ति मात्रै हामीलाई समय प्राप्त छ त्यसैले औपचारिक बैठकमा बढी समय लगाउनुभन्दा पनि अनौपचारिक ढंगले द्विपक्षीय, त्रिपक्षीय, बहुपक्षीय कुराकानी गर्ने र मुख्य विषयहरुमा सहमति जुटाएर समितिमा औपचारिक ढंगले प्रस्तुत गर्दा उपयुक्त होला भन्ने लागेर आजको बैठकमा रिपोर्टिङ मात्रै गरियो ।’

शुक्रबारको संवाद समितिको बैठकमा सभापति डा. बाबुराम भट्टराईले नै विभिन्न पक्षहरुस“ग छलफल गरेर त्यसको प्रगतिका बारेमा आइतबारको बैठकमा जानकारी गराउने निर्णय भएअनुसार संवाद समितिको पहलमा शनिबार र आज विहान पनि विभिन्न पक्षका बीचमा छलफल भएको थियो ।

आजको संवाद समितिको बैठकले पुनः सभापति भट्टराईले नै विभिन्न पक्षहरुस“ग थप छलफल गरेर समितिको बैठकमा रिपोर्टिङ गर्ने निर्णय गरेको छ ।

सभापति भट्टराईले आइतबारे प्रमुख तीन दल, मधेशी मोर्चा लगायतस“ग अनौपचारिक छलफल गर्नेछन् ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको अर्को बैठक भोलि दिउ“सो २ः०० बजे बस्नेछ ।


  •  
  •  
  •