जनताबाट क्षमा पाउन माघ ८ मा संविधान : सभापति भट्टराई

113
  •  
  •  
  •  

गोरखा, २६ पुस (ओएनएस) : एमाओवादी नेता तथा संवैधानिक राजनीतिक संवाद तथा  सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले माघ ८ मै संविधान जारी गर्न सके जनताले क्षमा दिने बताएका छन् ।

गृह जिल्ला गोखराको मकैसिङस्थित बुटार र चितवनको दारेचोक जोड्ने पुलको शनिबार शिलान्यास गर्दै गोरखाको मकैसिङस्थित बुटार र चितवनको दारेचोक जोड्ने पुलको आज शिलान्यास गर्दै सभापति भट्टराईले भने “सहमति गरेरै अघि बढ्न सकियो भनेमात्रै माघ ८ मा संविधान जारी हुन्छ, असहमति भए हुँदैन” ।

भट्टराईले माघ ८ मा संविधान जारी गर्न सकिएन भने पनि जनताले क्षमा दिने भन्दै सहमतिका साथ दल अघि बढेर सहमतिको संविधान ल्याउनुपर्नेमा जोड दिए । साथै सङ्घीयताको विषयमा दलहरु सहमतिको नजिक पुगेको भन्दै डा भट्टराईले शासकीय स्वरुप, निर्वाचन प्रणालीलगायत विषयमा भने असहमति रहेको उल्लेख गरे ।

ठूला दलका शीर्ष नेताहरु जिम्मेवार भएर वार्तामा प्रस्तुत भएकाले केही दिनभित्र सहमति जुट्ने पनि उनको विश्वास थियो । विवादित विषयमा शुक्रबारदेखि नै शीर्ष दलका नेताहरुसँग छलफल सुरु गरेको भन्दै डा भट्टराईले शीर्ष नेता सकारात्मक तवरले छलफलमा प्रस्तुत भएकाले सहमति जुट्ने बताए ।

यसअघि संविधानसभाले विवादित विषयमा सहमति जुटाउने भन्दै संवाद समितिको प्रतिवदेन फिर्ता पठाएको थियो । प्रतिवेदन फिर्ता आएपछि सभापति भट्टराईले शुक्रबार समितिको बैठक डाकेका थिए । बैठकपछि शनिबार र आइतबारभित्रमा सहमति जुटाउने भन्दै भट्टराईले आइतबार दिउसो समितिको बैठक बोलाएका छन् ।


  •  
  •  
  •