भट्टराईको प्रश्न : माघ ८ ज्योतिषीले हेराएको दिन हो ?

63
  •  
  •  
  •  

काठमाडौं, २३ पुस (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले अहिले माघ ८ मा संविधान नआए प्रलय नै हुनेजसरी आतंक फैलाउन खोजिएको बताउनुभएको छ ।

राष्ट्रिय मुस्लिम आयोगले आयोजना गरेको ‘मुस्लिम समुदायको पृथक राष्ट्रिय पहिचान र संवैधानिक मुस्लिम आयोग’ विषयक अन्तरक्रिया कार्यक्रममा सभापति भट्टराईले भन्नुभयो – ‘अहिले यस्तो हौवा, हाउगुजी तयार भइरहेको छ कि माघ ८ मा प्रलय नै हु“दैछ । एउटा ज्योतिषीले फलानो दिनमा ठूलो भूकम्प जान्छ, प्रलय हुन्छ भनेको भरमा सबै मानिसहरु घरबाहिर चौरमा बसेको मलाई बाल्यकालको सम्झना छ । अहिले माघ ८ मा त्यस्तै ठूलो प्रलय हुन्छ भनेजसरी आतंक मच्चाईंदै छ ।’

२०४६/०४७ पछि आएका संसद्वादी शक्तिहरु कांग्रेस र एमाले दोस्रो संविधानसभाको निर्वाचनमा विविध कारणले ठूलो शक्तिको रुपमा उदय भएको उल्लेख गर्दै सभापति भट्टराईले भन्नुभयो – ‘अहिले उनीहरुमा यति ठूलो दम्भ र अहंकार छ कि संख्याको बलमा जे पनि मिचेर जान सकिन्छ, जे पनि थोपर्दिन सकिन्छ, जनताले मान्छ भन्ने ढंगले अगाडि आइरहेका छन् । त्यसले गर्दा तपाईं–हामीले लडेर ल्याएका हक–अधिकार गम्भीर संकटमा पर्ने खतरा छ ।’

‘अरु सबैथोक छोडेर हामीलाई एक थान खोस्टो भए पनि चाहियो भन्ने मानसिकता बनाईंदैछ । हामीलाई कुनै कागजको खोस्टो होइन हाम्रा हक–अधिकार सुनिश्चित हुने संविधान चाहिएको हो’, उहा“ले भन्नुभयो – ‘माघ ८ किन ? माघ ७ मै किन नल्याउने ? माघ ८ मा के छ ? कुनै ज्योतिषीले हेराएको दिन हो माघ ८ ? ६ गते हुन सक्छ, ५ गते हुनसक्छ, ८ गते सकिएन भने संविधानसभा विघटन हुने त होइन नि केही गरी भ्याइएन भने ९ गते विहान हुनसक्छ । ८ गते नै हुनुपर्छ भन्ने हौवा जो फैलाईंदैछ यसबाट ठूलो आतंक सिर्जना गरि“दैछ ।’

त्यस्तो आतंकबाट सतर्क हुन पनि सभापति भट्टराईले आग्रह गर्नुभयो । आगामी केही हप्ता निकै चुनौतिपूर्ण रहेको उल्लेख गर्दै सभापति भट्टराईले भन्नुभयो – ‘सबैका हक–अधिकार सुनिश्चित हुने अग्रगामी संविधान बनाउने हाम्रो प्रतिवद्धता हो तर मैले दुःखका साथ भन्नै पर्छ केही समयदेखि यताका लक्षणहरु त्यति सुखद छैनन् ।’

माघ ८ होइन माघ ७ मै संविधान आओस भन्ने आफूहरुको चाहना रहेको उहा“ले बताउनुभयो । उहा“ले थप्नुभयो – ‘तर त्योभन्दा पनि ठूलो कुरो चाहि“ जनताका एजेण्डा, परिवर्तनका एजेण्डा, जनताका हक–अधिकारका एजेण्डा सुनिश्चित हुने गरी अग्रगामी संविधान आओस भन्ने कुरा मुख्य हो । त्यसैले कहिले संविधान मात्रै होइन कस्तो संविधान भन्ने विषयमा पनि सबैको ध्यान पुगोस् ।’


  •  
  •  
  •