एमाओवादीको नेतृत्व लिन भट्टराई आतुर

201
  •  
  •  
  •  

काठमाडौं, १३ पुस (ओएनएस)  : एकीकृत नेकपा माओवादीको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा नेता बाबुराम भट्टराईले आफु नेतृत्व लिन आतुर भएको बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको छलफलमा भाग लिदैं नेता भट्टराईले आफु नेतृत्वका लागि एक पटक परीक्षा दिन तयार रहेको बताए । उनले प्रचण्डमाथि लक्षित गर्दै नेतृत्वको अवसर दिन आग्रह गरे । भट्टराईले विश्व नयाँ परिवेशमा प्रवेश गरेको भन्दै मालेमावादको विकास गर्नु पर्ने बताए ।

बैठकमा भावी कार्यनीति र विषेश महाधिवेसनका विषय तथा प्रचण्डले पेश गरेको राजनीतिक प्रस्तावमा स्थायी समितिका सदस्यहरुले भनाई राखेका थिए । बैठकमा भट्टराई तथा उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नो धारणा राखेका थिए । धारणा राख्ने क्रममा भट्टराईले अध्यक्षको राजनीतिक प्रस्तावलाई समर्थन गर्दै अगाडी बढ्नु पर्ने सुझाव राखेका थिए ।

उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आचारण र परादर्शीमा प्रश्न उठाएका थिए । स्थायी समिति सदस्य जनार्दन शर्माले पनि छुट्टै प्रस्ताव पेश गरेका थिए ।


  •  
  •  
  •