हतारमा संविधान जारी गरे अर्को द्वन्द्व : नेता भट्टराई

283
  •  
  •  
  •  

baburam bhattraiगोरखा, ११ पुस (ओएनएस) :  एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधान जारी गर्न हतार गर्न नहुने बताएका छन् ।

सबै दलको सहमति जुटाएर सकेसम्म माघ ८ गते संविधान जारी गर्नेतर्फ दलहरु लाग्नुपर्ने भन्दै नेता भट्टराईले असहमतिकै बुँदा थाँती राखेर संविधान जारी गर्न नहुने धारणा राखे ।

गोरखाको घ्याल्चोक–९ स्थित सामूहिक कृषि सहकारीको १४औँ साधारणसभाको शुक्रबार उद्घाटन गर्दै संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापतिसमेत भट्टराईले भने
, “राम्रो र हाम्रो संविधान जारी गर्नेतर्फ लाग्नुपर्छ । हतार गरेर असहमतिको संविधान जारी भयो भने अर्को द्वन्द्वतर्फ देश धकलिन्छ ।”

मुख्य चार राजनीतिक दलले उठाउँदै आएका मुद्दालाई समेट्ने गरी संविधान जारी गर्नुपर्ने उनले तर्क गरे । मुख्य चार दलमध्ये एक दललाई बाहिर राखेर संविधान जारी गर्न नसकिने उहाँको ठम्याई छ ।

सबै दल आफ्नो अडानबाट लचिलो भएर बैठकमा प्रस्तुत हुने हो भने सहमति जुट्ने पनि उनको भनाई थियो ।


  •  
  •  
  •