प्रतिवदेन पेशपछि भट्टराईले भने ‘ म असफल हुन तयार छु, संविधानसभालाई सफल बनाऔ’

121
  •  
  •  
  •  

काठमाडौं, २४ मंसिर (ओएनएस) : संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले संविधानसभाम प्रतिवदेन पेश गरेका छन् । प्रतिवदेन पेश गरेपछि भट्टराईले सहमति भए तोकिएकै मितिमा संविधान जारी गर्ने बताउँदै संविधानसभा असफल हुन नहुने बताए ।

‘कतिपयले मलाई संवाद समितिको सभापतिका रुपमा असफल भएको भन्लान् । म व्यक्तिगत रुपमा असफल हुन तयार छु तर संवाद समिति, सभासदहरु र संविधानसभा भने असफल बन्नु हुँदैन । ’ सभापति भट्टराईले भने ‘संविधानसभाले दिएको निर्देशन पालना गर्न नसक्दा मलाइ ग्लानीबोध भएको छ ।’

दलहरुबीच सहमति भएर तोकिएको मितिमा संविधान आउने विश्वास गर्दै भट्टराईले भने ‘सहमति हुन नसकेको सत्य हो । मुख्य चार विषयहरु संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति हुन सकेन ।

संवाद समितिले आफूलाई विवेक प्रयोग गरेर प्रतिवेदन तयार पार्नु भनेको तर आफूले ल्याएको प्रतिवेदन दलका नेताहरुसँग छलफल गरेर ल्याएको बताए । संविधानसभाको बैठक अबको बैठक २९ गते बस्नेछ ।

त्यसअघि संवाद समितिले पेश गरेको प्रतिवेदश सभासदहरुलाई अध्ययनको लागि दिइनेछ । त्यसअघि विवादित बिषयमा सहमति गर्न दलहरुले प्रयास गर्ने बताएका छन् । दलहरुबीच राज्य पुनसंरचना गर्दा प्रदेशको संख्या र नाम, न्याय प्रणाली, शासकीय स्वरुप् लगायतका बिषयमा विवाद छ ।


  •  
  •  
  •