गोरखा, २० मंसिर (ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति तथा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले दलहरुका बीचमा संविधानका अन्तरबस्तुमा सहमति बन्ने हो भने माघ ८ मा संविधान जारी गर्ने सम्भावना अहिले पनि रहेको बताउनुभएको छ ।
गृहजिल्ला गोरखाको भ्रमणका क्रममा १२ किलो गोरखामा आयोजित पत्रकार भेटघाटका क्रममा सभापति भट्टराईले भन्नुभयो – ‘कार्यतालिका पालना गर्न चाही केही कठिनाई बनेको छ । संविधानका मुख्य अन्तरबस्तु संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीका केही कुरामा दलहरुबीच सहमति बनिनसकेको कारणले ढिलाई भइराखेको छ । केही दिन वा हप्ताभित्र सहमति गर्न सकियो भने प्रक्रिया छोट्याएर माघ ८ मा संविधान जारी गर्न अहिले पनि सम्भव छ । मेरो चाहना पनि माघ ८ मै संविधान जारी होस् भन्ने हो तर त्यसको शर्तचाही“ के हो भने दलहरुका बीचमा मुख्य विषयमा सहमति बन्नुपर्छ ।’
सा“च्चै गम्भीर ढंगले बस्ने हो भने दुई घण्टाभित्र सहमति निर्माण हुन सक्ने पनि उहा“ले बताउनुभयो । संघीयताका सन्दर्भमा राज्य पुनःसंरचना समिति र राज्य पुनःसंरचना आयोगको प्रतिवेदनमा नै मूल सिद्धान्त प्रतिपादन भइसकेको, पहिचानका ५ आधार, पहिचानका ४ आधार र आयोगको प्रतिवेदनमा भएको १ प्रतिशतभन्दा बढि भाषा र जातिको समुदायलाई स्वायत्त प्रदेश दिने आधारमा टेकेर संख्या निर्धारण र सिमांकन गर्न सकिने उहा“ले स्पष्ट पार्नुभयो । ‘नामांकनको हकमा सम्बन्धित प्रदेशलाई नै नाम राख्ने जिम्मा दिएर मिलाउन सकिन्छ । ८ वा ९ प्रदेशमा सहमति बन्न सक्छ । शासकीय स्वरुपमा मिश्रित प्रणाली र निर्वाचन प्रणालीमा मिश्रित प्रणाली गर्न सकिन्छ’, उहाले भन्नुभयो ।
‘२३ गते संविधानसभाको बैठक बस्छ । त्यसअघि पनि दलहरुका बीचमा छलफल गर्ने भनिएको छ । मैले भोलिदेखि नै नेताहरुको बीचमा सहमति जुटाउने प्रयत्न गर्छु’, उहा“ले भन्नुभयो – ‘मलाई विश्वास छ सहमति जुट्छ ।’ सभापति भट्टराईले संविधानसभाभित्र र बाहिरका सबै पक्षहरुस“ग छलफल गरेको सबैले स्वामित्व ग्रहण गर्नसक्ने संविधान जारी गरिने पनि बताउनुभयो । वृहत शान्ति सम्झौता, अन्तरिम संविधान र विभिन्न पक्षसग भएका सम्झौताहरुको आधारमा टेकेर र पहिलो संविधानसभाले गरेका कामको स्वामित्व लिदै बा“की काम पूरा गरेर संविधान जारी गर्नुपर्ने पनि उहा“ले बताउनुभयो ।
सत्ता साझेदारीको कुरा पनि आउने गरेको उल्लेख गर्दै सभापति भट्टराईले अर्को निर्वाचन नहु“दासम्म एमाओवादीले सत्ताको दावी नभएको बताउनुभयो । एमाओवादीको दावि नभएको हुदा कांग्रेस–एमालेलाई सत्ता साझेदारीको कुरा मिलाएर संविधान निर्माणमा लाग्न आग्रह गरेको उहा“ले बताउनुभयो ।