काठमाडौं, १७ मंसिर (ओएनएस) : दलहरुबीच लामो समयदेखि अड्कीएको विवादको गाँठोको खुकुलो भएको छ । संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिले आएका प्रतिवेदनहरु संविधानसभामा पेश गर्ने निणर्यसँगै प्रक्रियागत विवाद टुङ्गीएको हो । प्रक्रियागत विवाद टुङ्गीएसँगै संवाद तथा सहमति समितिले बिहीबार प्रतिवेदन संविधानसभामा पठाउने भएको छ ।
समितिका लागि कात्तिक १६ गते बिहिबार मात्रै आउने भएको छ । यसअघि संविधानसभाले कात्तिक १६ गते संविधानसभाका प्रतिवेदन बुझाउने निर्देशन दिएको थियो । समितिले एक महिना २ दिन ढिला गरी बिहीबार संविधानसभामा आफ्नो प्रतिवेदन बुझाउने भएको छ ।
बुधवार भएको लामो छलफलपछि प्रमुख दलहरुले दिएको जिम्मेवारी अनुसारसभापति बाबुराम भट्टराईले बिहीबार संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई प्रतिवेदन बुझाउन लागेका हुन् ।
बुधबार बिहान बसेको कांग्रेस, एमाले, एमाओवादी, राप्रपा र मधेसी दलको अनौपचारिक बैठकले प्रतिवेदन बुझाउन सभापतिलाई स्वविवेक प्रयोग गर्न दिने निर्णय गरेको थियो । बिहीबार बिहान शीर्ष नेताहरुसँग एकल परार्म गर्ने र दिउँसो प्रतिवेदन बुझाउने भट्टराईको तयारी छ । प्रतिवेदन बुझाउने सहमति भए पनि प्रतिवेदनमा के लेख्ने भन्ने विषयमा भने कुनै सहमति भएको छैन् ।
सत्तासिन दल कांग्रेस एमालेले साझा प्रस्तावलाई त्यही रुपमा सम्वोधन गर्नुपर्ने बताएका छन् एमाओवादी सहितका विपक्षी दलले सन्दर्भ सामग्ी मात्रै बनाउने बताएका छन् । भट्टराईलाई स्वविवेक प्रयोग गर्ने अधिकार दिएपनि प्रतिवेदनमा सबैले चित्त बुझाउन कठिन देखिन्छ ।