स्वविवेकीय अधिकारले गतिरोध तोड्यो

188
  •  
  •  
  •  

काठमाडौं, १७ मंसिर (ओएनएस) : संवैधानिक–राजनितिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराइले आफूलाई प्राप्त स्वविवेकीय अधिकारले संवाद समितिमा जारी गतिरोध तोडेको बताउनुभएको छ । उहाले सर्वमान्य प्रतिवेदन पठाउने पनि बताएका छन् ।

संवाद समितिको आजको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले भने – ‘दलहरुले मलाई दिएको स्वविवेकीय अधिकारका कारण अहिलेको गतिरोध तोड्न सफल भएका छौं । मलाई समितिले यति ठूलो जिम्मेवारी दिएको छ, बहन गर्न प्रतिवद्ध छु ।’

सबैलाई चित्तबुझ्दो प्रतिवेदन पठाउनु आफ्ना लागि ठूलो भएको उल्लेख गर्दै उनले भने – ‘तर पनि सहमतिमै संविधान निर्माण गर्न सबैको बीचमा सहमति आवश्यक छ । उहा“हरुस“ग छलफल गरी भोलि नै प्रतिवेदन पठाउ“छु ।’ संविधानका अन्तरबस्तुमा सहमति खोज्ने काम बा“की नै भएको उल्लेख गर्दै उनले आफूले पाएको स्वविवेकको प्रयोग गर्ने अधिकार निरपेक्ष नभएर सापेक्ष हुने बताउनुभयो । ‘मलाई जे मन लाग्छ त्यही गरें भने त्यसले देशमा सहमति र विश्वासको वातावरण खलबलिन सक्छ’, उनले – ‘त्यसैले प्रमुख दलका प्रमुख नेतालाई विश्वासमा लिएर अघि बढ्छु । उहा“हरुस“ग परामर्श नगरी म यसै गर्छु भन्न सक्दिन“ ।’

एनले संविधानका अन्तरवस्तुमा सहमति नभई संविधान बन्ने आशा गर्न नसकिने भन्दै दलहरुबीच विश्वास बढे पनि सहमति हुन नसकेको बताए । ‘हिजोका अविश्वास हटाउन सफल भएका छौं, तर, सहमति नभई संविधान बन्दैन’, उनले भने– ‘यसले माघ ८ मा संविधान जारी हुन नसकेपनि त्यतिखेरसम्म अन्तरबस्तुमा सहमति गर्न मद्दत गर्छ ।’

आज संवाद समितिको बैठक बस्नुअघि बसेको प्रमुख दलका शीर्ष नेताहरुको बैठकले सभापति भट्टराईले प्रतिवेदन पठाउने विषयमा स्वविवेकीय अधिकार प्रदान गर्ने निर्णय गरेको थियो । सोहीअनुरुप संवाद समितिको बैठक सभापतिको स्वविवेकले प्रतिवेदन पठाउने निर्णय गर्दै सकिएको थियो ।


  •  
  •  
  •