‘पूजाको पत्र पढेर जीवनमा पहिलो पटक डाँको छोडेर रोए’ : डा.भट्टराई

576
  •  
  •  
  •  

काठमाडौ, २ पुस(एजेन्सी) : पूर्वप्रधानमन्त्री तथा एमओवादीका नेता डा. बाबुराम भट्टराई ‘जीवनमा पहिलो पटक डाँको छोडेर’ रोएका छन् । बैतडीकी युवती पूजा बोहोराले कानुनमन्त्रि नरहरि आचार्यलाई लेखेको पत्र पढेपछि आफू ‘जीवनमा पहिलो पटक डाँको छोडेर रोएको’ भनि डा. भट्टराईले आफ्नो फेसबुक एकाउन्टमा स्टाटस लेखेका छन् ।

दुई बर्षअघि एसएलसी दिने क्रममा सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजाले बलात्कारीलाई पुनरावदेन अदालत महेन्द्रनगरले उन्मुक्ति दिएपछि कानुनमन्त्रीलाई सोमबार पत्र लेखेकी थिइन् ।

आफ्नो फेसबुक स्टाटसमा पीडीत युवतीलाई बुधबार भेटेको भन्दै भट्टराईले लेखेका छन् ‘ आज ती छोरीलाई घरमै भेट्दा र उनले ‘बुबा’ भनेर सम्बोधन गर्दा थप भावुक बनेको छु ।

Bhattarai

अपराधिलाई दण्डित नगरेसम्म संघर्ष गर्ने र आफु जस्ता पीडित महिलालाई सहयोग गर्न उनको अठोले अत्यन्य गर्वान्वित गराएको छ । उनलाई न्याय दिलाउन र उनको सपना साकार पार्न सबै प्रयत्न गर्ने प्रतिबद्धता गर्दछु र यसमा सबैको सहयोगको अपेक्षा गर्दछु । ’

पूजाले कानुनमन्त्रिलाई लेखेको पत्र यस्तो थियो

कानुनमन्त्रि नरहरि आचार्यले पूजालाई फर्काएको पत्र


  •  
  •  
  •