सत्ता साझेदारीको चासो हो भने सहमति गर्नुपर्छ : भट्टराई

321
  •  
  •  
  •  

काठमाडौं, १६ मंसिर (ओएनएस) संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले केही दल र नेतामा सत्ता साझेदारीको चासो देखिएको उल्लेख गर्दै त्यो हो भने पनि चा“डो मिलाएर संविधानका विषयमा सहमति गर्न आग्रह गरेका छन् । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको स्मरणपत्र बुझ्दै सभापति भट्टराईले जसरी भए पनि प्रमुख पक्षहरुका बीचमा संविधानका प्रमुख अन्तरबस्तुमा सहमति गर्नै पर्नेमा जोड दिनुभयो ।

‘अहिले सत्ता साझेदारीको विषय पनि क्रमशः अगाडि आउन लागेको बुझिन्छ । मैले चाही“ यसलाई अन्यथा मान्दिन“, आखिर मुख्य विषय भनेको विश्वासको वातावरण हो । सहमति भनेको बलजङ्खित गरेर हुने कुरा पनि होइन, सबै पक्ष आश्वस्त भएपछि मात्रै सहमति बन्ने कुरा हो’, सभापति भट्टराईले भने – ‘त्यसैले सत्ता साझेदारी गरेर सहमति निर्माण गर्ने हो भने पनि त्यसमा आपत्ति मान्ने कुरा भएन । मोही माग्ने ढुंग्रो लुकाउने किन गर्नुप¥यो र खुलेरै कुरा गरे भइहाल्यो, त्यो हो भने पनि मिलाउनुस भन्ने मेरो आग्रह छ ।’

सभापति भट्टराईले १२ बु“दे समझदारीयताका सहयात्री दलहरु, मधेश आन्दोलन र जनजाति आन्दोलनका पक्षहरुबीच सहमति हुनुपर्नेमा धु्रवीकरण बढेकाले संविधानमा सहमति बन्न नसकेको बताउनुभयो । ‘२०४६ सालपछि स्थापित शक्ति कांग्रेस, एमाले र राप्रपा एकापट्टि र २०६२÷०६३ को आन्दोलनबाट स्थापित अर्को शक्ति एमाओवादी, मधेशी र जनजातिहरु अर्कोपट्टि स्पष्ट रुपमा कित्ताबन्दी भइसकेपछि सहमति बन्नको सट्टा शक्तिको चलखेल बढ्न थाल्यो’ उनले भने ।

एकातिर कांग्रेस–एमाले संख्यात्मक बहुमतको आधारमा अघि बढ्न चाहने र अर्कोतिर एमाओवादी, मधेशवादी र जनजाति दलहरुले चाही“ १२ बु“दे समझदारी, शान्ति सम्झौता, मधेशवादी दलस“ग भएको सम्झौता, जनजातिहरुस“ग भएको सम्झौता र त्यसका आधारमा अन्तरिम संविधानमा लिपिवद्ध परिवर्तनका उपलब्धिलाई संस्थागत गर्ने गरी संविधान बनाउनुपर्छ भन्ने तर्क प्रस्तुत गरेको पनि सभापति भट्टराईले बताए ।

सभापतिको नाताले आफूमा दलहरुबीच भएको सहमतिमा मात्रै हस्ताक्षर गरेर पठाउने अधिकार रहेको उल्लेख गर्दै उनले भने – ‘उहा“हरु सहमति पनि नगर्ने, मलाई निर्णय गर्न पनि नदिने अनि फेरि सभापतिले रोक्यो भन्ने कुनै पनि अर्थमा न्यायसंगत, तथ्यसंगत र उपयुक्त छैन ।’ पछिल्लो समय दलहरुकै आग्रहमा आफूले संवाद समितिको बैठक बुधबारसम्मका लागि स्थगित गरेको उल्लेख गर्दै उहा“ले दलहरु अहिले द्विपक्षीय, बहुपक्षीय छलफलमा जुटेको पनि बताए ।

पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेको नेतृत्वमा आएको टोलीले सभापति भट्टराईलाई माघ ८ भित्रै सहमतिमा नै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक लोकतन्त्र लगायतका परिवर्तनका उपलब्धिहरु संस्थागत गर्ने संविधान जारी गर्न ध्यानाकर्षण गराउ“दै स्मरणपत्र बुझाएको थियो ।


  •  
  •  
  •