मेरो हात नियमावलीले बाँधेको छ : सभापति भट्टराई

137
  •  
  •  
  •  

baburam bhattraiकाठमाडौ, ८ मंसिर(ओएनएस) : संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले दलहरुबीचको सहमतिबेगर संवाद समितिमा देखिएको गतिरोध अन्त्य गर्न आफू असमर्थ रहेको बताउनुभएको छ । सोमबार एमाओवादीसहित २२ दलले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा पत्रकारको प्रश्नमा सभापति भट्टराईले दलहरुबीच सहमति भएपछि मात्रै आफूले सोहीबमोजिम प्रतिवेदन पठाउने स्पष्ट पार्नुभएको हो ।

दलहरुबीच सहमति नभएपछि आइतबारका लागि बोलाइएको बैठक स्थगित भएपछि संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङस“ग भएको छलफलको निष्कर्षका रुपमा सभापति भट्टराईले दलहरुबीचको सहमतिबेगर आफूले मात्रै केही गर्न नसक्ने बताउनुभयो ।

‘संविधानसभाका अध्यक्षसँग भेटेर सहमति नै भएन भने के गर्ने ? अनन्तकालसम्म प्रतिवेदन रोक्न पनि मिल्दैन, के गरौं ? कि म आफैंले आफ्नो तर्फबाट प्रतिवेदन पठाउँदा हुन्छ त ? त्यसको केही उपाय छ ? भनेर मैले प्रश्न राखें किनकी कार्यविधिको व्याख्या गर्ने अधिकार सभाध्यक्षलाई दिइएको छ’, सभापति भट्टराईले भन्नुभयो – ‘तर उहाले त्यसो गर्न मिल्दैन, त्यसले झन् जटीलता सिर्जना गर्छ त्यसो नगरौं भन्नुभयो । त्यसैले मेरो हात नियमावलीले बाँधेको छ । त्यसैले जतिबेलासम्म सहमति बन्दैन त्यतिबेलासम्म म कुनै पनि निर्णय गर्न असमर्थ छु ।’


  •  
  •  
  •  

Comments are closed.