सभापति भट्टराई अनुपस्थित भएपछि संवाद समितिको बैठक स्थगित

150
  •  
  •  
  •  

baburam bhattraiकाठमाडौं, ७ मंसिर (ओएनएस) : राजनीतिक गाँठो फुकाउनको लागि आइतबारको लागि तय भएको संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित भएको छ । आइतबार बिहान १० बजेको लागि बोलाइएको बैठकमा समितिका सभापति डा. बाबुराम भट्टराई अनुपस्थित भएपछि बैठक बस्दै नबसि स्थगित भएको हो ।

यसअघि शनिबार साँझ संविधानसभाका अध्यक्ष सुवास नेम्वाङसहित प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भएको छलफलमा संवाद समितिको प्रतिवेदन संबिधानसभामा पठाउने सहमति भएको हो । त्यसै अनुरुप संवाद समितिका सभापति भट्टराईले समितिको बैठक आइतबार बिहान १० बजेको लागि बोलाएका थिए । तर सभापति भट्टराई बैठकमा उपस्थित नभएपछि समितिका सचिव मुकुन्द शर्माले बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

यसअघि भट्टराईले नै संवाद समितिको बैठकबाट नै प्रतिवेदन पठाउने बारेमा निर्णय गर्ने गरी शीर्ष नेताहरु सहमत भएको जनाए पनि उनी स्वयम् बैठकमा उपस्थित हुन नसक्दा राजनीतिक गाँठो झन् बाधिने देखिएको छ । शनिबार साँझ नेताहरुल केहि दिनदेखि भएका बिभिन्न अनौपचारिक बैठकहरुमा संघियता, शासकिय स्वरुपलगायतका बिषयमा भएको विवाद र संबिधान जारी भएपछिको सरकारलगायत बिषयमा खुलेर कुरा गरेका थिए । साथै सार्क सकिएपछि ती बिषयमा औपचारिक सहमति गरिने सहमति गरेका थिए ।

संवाद समितिको बैठक स्थगित भएपछि सार्कमा भाग लिने आउने छिमेकी मुलुकका सरकार प्रमुखहरुलाई सकारात्मक सन्देश दिन आइतबार सहमति गरेर तत्कालको लागि विवाद नभएको सन्देश दिने दलहरुले प्रयास असफल भएको छ । यसअघि संविधानको विवादित विषयमा सत्तारुढ काँग्रेस–एमालले सात प्रदेशसहितको साझा प्रस्ताव संवाद समितिमा पेस गरेपछि सत्तारुढ दल र विपक्षी एमाओवादी लगायतबीच विवाद बढेको थियो ।


  •  
  •  
  •  

Comments are closed.