रमाइलोका लागि ४१ जनाको हत्या गर्ने यो कस्तो शोख

339
  •  
  •  
  •  

brazilian-man-murdered-41-people-for-funकाठमाडौ, २६ मंसिर(एजेन्सी) :  ब्राजिलको प्रहरीले यस्ता युवकलाई पक्राउ गरेको छ, जसमाथी ४१ जनाको हत्या गरेको आरोप लागेको छ । प्रहरीका अनुसार रियो दी जेनेरियोका २६ वर्षीय सैलसन जोस डैस ग्रेकसले ९ वर्षमा ४१ जनाको हत्या गरेका हुन् ।

अन्तराष्ट्रिय सञ्चारमाध्मयहरुका अनुसार आरोपी सैलसनले यी सबै हत्या रमाईलोका लागि गरेका हुन् । रियो दी जेनेरियोका प्रहरीले गरेको सोधपुछका क्रममा सैलसनले आफूले कसरी गोरा महिलाहरुको हत्या गर्ने गरेको समेत खुलाएका छन् । उनले हत्या गर्नुभन्दा पहिले एक महिनासम्म हत्या गर्न चाहेको व्यक्तिको अध्ययन गर्ने गरेको बताएका छन् । एक टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले भने, ‘मलाई महिलाहरू मर्ने बेलामा कराएको र जीवनको लागी भीख मागेको देख्दा निकै मजा आउँथ्यो ।’ सैलसनले ९ वर्षमा ३८ महिलासहित ४१ जनाको हत्या गरेको स्विकार गरेका छन् ।

brazilian-man-murdered-41-people-for-fun1सैलसनले प्रहरीलाई भने, ‘म आफूले हत्या गर्न चाहेको व्यक्तिमाथी निकै ध्यान दिन्थे । उनीहरुको बारेमा जानकारी हासिल गर्थे । म एक महिनासम्म कुर्थे ।’ उनले थपे, ‘म परिवारदेखि सबै कुरा पत्ता लगाउँथे । जब उनीहरू सडकमा निस्कन्थे, तब म उनीहरूको हाउभाऊ विचार गर्थे । बिहानको समय मेरो लागि निकै फाइदाजनक हुन्थ्यो । त्यस समयमा म निकै फाइदामा रहन्थे ।’

ती युवकका अनुसार कुनै पनि महिलालाई बेकरीदेखी हरेक स्थानमा मानिसलाई विचार गर्ने गर्थे र आफैलाई भन्ने गर्थे की मेरो अबको शिकार यही महिला हो ।

यस्तै, हत्याको श्रृंखलामा गत अक्टुबर महिनामा एक व्यक्तिलाई ३९ मानिस मारेको आरोपमा प्रक्राऊ प्रहरीले पक्राउ गरेको थियो । २६ वर्षका तिआगो हेनरिक गोम्स दा रोचा नामका ती युवकले आफ्नो तनाव कम गर्नका लागि हत्या गर्ने गरेको बताएका थिए ।


  •  
  •  
  •