लुइजले माफी मागे

330
  •  
  •  
  •  

 काठमाडौं, २७ असार (एजेन्सी) जर्मनीसँग लज्जास्पद हार बेहोरेको ब्राजिलका निमित्त कप्तान डेविड लुइजले आफ्नो देश र समर्थकसँग माफी मागेका छन् । आफ्नो जीवनकै सबैभन्दा खराब खेल खेलेर पराजित हुनुपरेको भन्दै उनले माफी मागेका हुन् । नियमित कप्तान थियागो सिल्भाको अनुपस्थितिमा उनले टिमको नेतृत्व सम्हालेका थिए । म आफ्ना समर्थकलाई खुसी तुल्याउन नसकेकामा दुःखी छु र देश र जनतासँग माफी माग्न चाहन्छु लुईजले भने ।


  •  
  •  
  •