ब्राजिलद्धारा अर्जेन्टिना पराजित

81
  •  
  •  
  •  

काठमाडौ, २५ असोज (एजेन्सी) : अन्तराष्ट्रिय फ्रेण्ड्ली फुटबल खेलमा ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । आज भएको खेलमा अर्जेन्टिनालाई चीरप्रतिद्धन्दी ब्राजिलले २-० गोलअन्तरले पराजित गरेको छ ।

आज भएको खेलमा ब्राजिलका डियगो टारडेलीले २८ औ मिनेटमा आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफ १‍-० मा नै सिमित भयो । खेलको दोस्रो हाफमा पनि ब्राजिल नै अर्जेन्टिनामाथी हावी रह्यो । खेलको ६४ औ मिनेटमा पुनः डियगोले गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर बनाए र ब्राजिल खेललाई आफ्नो पक्षमा पार्न सफल भयो ।

यस्तै, आज भएका अन्य खेलमा चिल्लीले पेरूलाई ३-० ले, कोलम्बियाले साल्भाडोरलाई ३-० ले पराजित गरे भने अमेरिका र इक्वेडरबीचको खेल बराबरीमा रोकिएको थियो ।


  •  
  •  
  •