काठमाडौं, २७ कात्तिक (ओएनएस) अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा दक्षिण अमेरिकी महारथीहरु ब्राजिल र अर्जेन्टिना विजयी भएका छन् ।
बुधबार राति भएको खेलमा अर्जेन्टिनले क्रोएसियालाई २–१ ले हराउँदा ब्राजिलले टर्कीमाथि ४–० को सानदार जीत निकाल्यो ।
अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत निर्णायक गोल गरे । क्रोसियाले ११औं मिनेटमा साबिर्नीको गोलबाट अग्रता लिए पनि ४९ औं मिनेटमा एन्सल्डीले अर्जेन्टिनाका लागि बराबरी गोल गरे । विश्वकपको उपविजेता अर्जेन्टिनी कप्तान मेस्सीले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
यता ब्राजिलको जितमा नेयमारले २ गोल गरे । नेइमारले २० औं र ६० औं मिनेटमा गोल गरेका थिए । टर्कीको स्तानलुमा भएको खेलको २४औं मिनेटमा टर्कीका डिफेन्डर कायाले आत्मघाती गोल गर्दा घरेलु दर्शक स्तब्ध बनेका थिए । ब्राजिलको लागि अर्काे गोल विलियमले ४४ औं मिनेटमा गरेका थिए ।
अर्को मैत्रीपूर्ण खेलमा क्रिस्चीयानो रोनाल्डोको एकमात्र गोलको मद्दतमा पोर्चुगलले डेनमार्कलाई पराजित गरेको छ । खेलको अन्तिम मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई जित दिलाएका हुन् । यो सिजन उनको गोल संख्या २४ पुगेको छ । विश्वकप फुटबलमा तेस्रो स्थानमा रहेको नेदरल्यान्ड भने मेक्सिकासँग ३–२ गोल अन्तरले पराजित भएको छ ।