मास्क नलगाइ र्‍यालीमा जाने ब्राजिलका राष्ट्रपतिलाई जरिवाना

99
  •  
  •  
  •  

एजेन्सी ।  ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोलाई कोरोना रोकथामका लागि जारी गरिएको नियम उल्लङ्घन गरेको भन्दै जरिबाना भएको छ ।

साओ पाउलो राज्यले बोलसोनारोलाई झन्डै एक सय १० अमेरिकी डलर जरिबाना तिराइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन् । शनिबार साओ पाउलोमा मोटरसाइकल ¥यालीमा पुगेका राष्ट्रपति बोलसोनारोले मास्क नलगाएको र मास्क नलगाइ नागरिकसँग घुलमिल गरेको भन्दै जरिबाना तिराएको त्यहाँको सरकारले जनाएको छ ।

¥यालीमा उनले कोरोनाविरुद्धको खोप लगाइसकेकालाई मास्क लगाउनु नपर्ने निर्णय गर्नेबारे विचार गरिरहेको बताएका थिए । उनले भने , ‘जसले यसको विरोध गर्दछ, उसले विज्ञानमा विश्वास गर्दैन । कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट अर्को व्यक्तिमा कोरोनाको सङ्क्रमण हुँदैन ।’

साओ पाउलो सरकारले राष्ट्रपति बोलसोनारोसहित पूर्वाधार (इन्फ्रास्ट्रक्चर) मन्त्रीलाई पनि मास्क नलगाएको भन्दै जरिबाना तिराएको छ ।


  •  
  •  
  •