गतवर्ष ३ सय ५१ वटा भ्रष्टाचारका मुद्दा दर्ता

156
  •  
  •  
  •  

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/०७६ सबैभन्दा बढी भ्रष्टाचार मुद्दा दर्ता भएको जनाएको छ ।

अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले सो कुरा बताएका हुन् ।

आयोगका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा ३ सय ५१ वटा मुद्दा दर्ता भएको र अदालतको फैसला समेत अध्ययन गर्दा ८८ प्रतिशतभन्दा बढीमा सफलता मिलेको आयुक्त घिमिरेको भनाइ छ । चालु आर्थिक वर्षमा मात्रै १ सय १२ दिन कार्यालय खुलेकोमा १ सय ७० मुद्दा दर्ता भएको छ ।

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष खेमराज रेग्मीले भ्रष्टाचारमा नेपालको अवस्था चिन्ताजनक भएको बताए ।  कुल १ सय पूर्णाङ्कमा ३१ अंक प्राप्त गरेको नेपाल विश्वमा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा रहेको उनको भनाइ छ ।


  •  
  •  
  •