ब्राजिलियन सुपरस्टार नेयमारको कप्तानी पदबाट हटाइए

275
  •  
  •  
  •  

एजेन्सी । ब्राजिलियन सुपरस्टार नेयमारको राष्ट्रिय टोली कप्तानी पदबाट हटाइएका छन् ।
प्रशिक्षक टिटेका अनुसार पछिल्लो समय अनुशासनका कारण नेयमारलाई कप्तानबाट हटाएको हो ।

ब्राजिली टिमको कप्तानी ३६ वर्षका क्लब सहकर्मी अल्भेसले निभाउने जनाइएको छ ।  नेयमार र आल्भेस दुबै पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्ने गर्छन ।

ब्राजिली फुटबल संघले विज्ञप्ति जारी गर्दै कप्तान परिवर्तनको निर्णय गरिएको जनाएको छ ।
फ्रान्सेली लिगको सिजन सकिए लगत्तै सो घोषणा गरिएको हो ।

गत महिना भएको कोपा डे फ्रान्सको फाईनलमा पराजित भएपछि विपक्षी टिमका प्रशंसकलाई मुक्का प्रहार गरेको भन्दै नेयमारलाई फ्रान्सेली लिगमा तीन खेलको प्रतिबन्ध लगाइएकोे छ ।

ब्राजिली स्टार नेयमारले यस सिजन सबै प्रतियोगितामा २३ गोल गरेका थिए । उनी फ्रान्सेली लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीको पाँचौ नम्बरमा छन् । उनी भन्दा अगाडी टिमकै सहकर्मी केलियन एम्बाप्पे र ईडिन्सन काभानी छन् ।


  •  
  •  
  •