ब्रम्हपुत्र नदीमा चीनले बनायो हाइड्रोपावर, भारत चिन्तित

228
  •  
  •  
  •  

hydropowerकाठमाडौ, ८ मंसिर(एजेन्सी) : चीनद्धारा तिब्बतमा ब्रम्हपुत्र नदीमा बनाएको देशको सबैभन्दा ठुलो हाइड्रोपावर स्टेशनले आईतबारबाट काम थालेको छ । उक्त हाइड्रोपावरले भारत र बंगलादेशलाई प्रभावित गर्न सक्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हाइड्रोपावरका कारण भारत र बंगलादेशमा ब्रम्हपुत्र नदीका कारण बाढि तथा पहिरोको सम्भावना बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । चीनको यस परियोजनाले करोडौ जनताको ज्यान खतरामा परेको बताइएको छ ।

१.५ अर्ब डलरको लागतमा ८ वर्षमा निर्माण गरिएको जांगमु हाइड्रोपावर स्टेशनको पहिलो जेनेरेटिङ युनिट समुन्द्रको सतहभन्दा ३ हजार ३ सत मिटरको उचाईमा रहेको छ । यसको पाँच अन्य विद्युत उत्पादन इकाईको निर्माणको काम अघिल्लो वर्ष पुरा हुनेछ । यी ६ युनिट पूर्ण रूपमा सुरू भएपछि यसले ५.१० लाख किलोवाट विद्युत निकाल्ने छ । चीनले यो जल विद्युत परियोजना २.५ अर्ब किलोवाट वर्षेनीविद्युत उत्पादन गर्न सक्छ ।

चीनले यस परियोजनाको सुरूवातको घोषणा गर्दै यसले जांगम नदीको पानीको उपयोग हुन्छ ।


  •  
  •  
  •  

Comments are closed.