थाहा पाउनुहोस् ब्रा सँग जोडिएका पाँच रोचक तथ्य

2073
  •  
  •  
  •  

braकाठमाडौं–आफ्नो शरीरलाई फिट हुने लुगा पहिरिने रहर कसलाई हुँदैन र? तर, प्रायः महिलाह फिट हुने ब्रा पाउदैनन्। त्यसैले कयौं महिलाले अनफिट ब्रा समेत लगाउन बाध्य हुन्छन्। जसले गर्दा हाम्रो स्किनसँगै शरीरलाई धेरै किसिमको समस्या हुन सक्छ । हामी आज तपाईँलाई बताउने छौ ब्रासँग जोडिएका पाँच तथ्य

१. यदि तपाईँ ब्रा किन्न जाँदै हुनुहुन्छ भने दुई वटा कुरामा ध्यान दिनु जरुरी छ। पहिलो सही साइज र दोस्रो सही शेप, जुन तपाईँलाई शुट गर्छ। फरक–फरक ब्राण्डको साइज फरक–फरक हुनाले साइज चार्टमा हेरेर मात्र सही साइजको ब्रा किन्नु होस्।

२. ब्रा एकदमै मुलायम हुन्छ अनि महंगो पनि। त्यसैले ब्रालाई अरु कपडासँग मिसाएर धुनु हुँदैन । माइल्ड डिटर्जेंटको प्रयोग गरि ब्रालाई विस्तारै हातले धुनुपर्छ।

३. धोइसकेको कपडा सुकाउनु पहिले निचोडेर मात्र सुकाउने गर्छौ। तर, ब्रालाई सुकाउदा अरु कपडा जस्तो निचोड्न पर्दैन। ब्रालाई हल्का हातले निचोडेर स्ट्राप तर्फ झुन्डाएर सुकाउनु उचित हुन्छ।

४. सफ्ट कप ब्रालाई तपाईँ जसरी पनि राख्न सक्नु हुन्छ। तर, पाइन्ट वा टीशर्ट पटाएर राखे जस्तो होइन। यसलाई तपाईँले फ्लाट गरेर राख्न सक्नु हुन्छ वा एकमाथि अर्को गरि राख्न सक्नुहुन्छ। अनि दराजमा झुन्डाएर पनि राख्न सक्नुहुन्छ।

५. आफ्नो ब्राको स्ट्राप निस्कियो कि भनेर चिन्ताले सताइरहेको हुन्छ भने ऐडजस्टरकको प्रयोग गर्नुहोस्। जसको मद्दतले ब्राको स्ट्रापलाई आफनो ठाउँबाट स्लिप हुन दिँदैन।


  •  
  •  
  •