ब्रा झुण्ड्याएर विरोध प्रदर्शन

181
  •  
  •  
  •  

स्पेनको भल्लाडोलिड सहरमा अनौठो तरिकाले विरोध प्रदर्शन थालिएको छ । सहरको टाउन हलमा भेला भएका पाँच सयभन्दा बढी प्रदर्शनकारीले महिलाको अन्तःवस्त्र ‘ब्रा’ झुण्ड्याइ विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले सहरका मेयर लियोन डि ला रिभाको राजीनामा माग गरेका छन् । सोसल नेटवर्किङ साइट ट्वीटरबाट सुरु भएको विरोध प्रदर्शन सडकमा आइपुगेको हो ।
मेयर रिभाले एक रेडियो कार्यक्रममा भनेका थिए, ‘म कुनै महिलाका साथ एकान्तमा असहज महसुस गर्छु ।’ उनले अगाडी भनेका थिए, ‘तपाइँ कल्पना गर्नुस्, कुनै लिफ्टमा चढिरहेको बेलामा कुनै युवती तपाइँसँगै लिफ्टमा होस्, उसले आफ्नो स्कर्ट र ब्रा खोल्दै चिच्याएर बाहिर निस्किएर आफूमाथि बलात्कार प्रयास भयो भनेको अवस्थामा कस्तो लाग्छ ?’ उनको यो भनाईपछि ट्वीटरमा ब्रा प्रदर्शनको सुरुवात भएको हो । अहिले सार्वजनिक स्थलमै अनेकौं ब्रा झुण्ड्याइएको छ ।
एजेन्सीको सहयोगमा
bra 1
bra 2

  •  
  •  
  •