बीपिको ‘तीनघुम्ति’मा गरिमा बन्ने भइन इन्द्रमाया

164
  •  
  •  
  •  

नेपाली फिल्म ‘झोला’ बाट प्रसस्त प्रशंसा बटुल्न सफल गरिमा पन्त आजभोली ठूली बनेर नेपाली बजारमा झुल्किएकीछन् । झोलामा सती जाने चरित्रमा जमेकै कारण राष्ट्रिय र अन्तराष्ट्रिय अवार्ड थाप्न सफल भएकी गरिमाको झोलामा फेरी अर्का चुनौतीपुर्ण अभिनय गर्ने जिम्मा आइलागेको छ ।

निर्देशक बाबुरामा ढकालले बीपि कोइरालाको चर्चित कृती ‘तीन घुम्ति’लाई फिल्मी पर्दामा उतार्ने भएकाछन् । यस कृतीको मुख्य भूमिकामा गरिमा पन्तले अभिनय गर्ने पक्का भएको छ । उपन्यासको मूख्य पात्र इन्द्रमायाको चरित्र गरिमालाई अफर आएपछि उनलाई लागेको छ, ‘नेपाली फिल्ममा बल्ल मेरो दिन खुल्दै छ । लामो समय प्रतिक्षा गरे समयले बल्ल साथ दिदै छ । यो फिल्म मेरालागि अवसर र चुनौती दुबै हो ।

राम्रो गर्न सके त दर्शकले लामो समय सम्झिरहलान्’, उनले आफ्नालागि समयले साथ दिए पनि दर्शकलाई निरासपार्ने काम सकभर नगर्ने बताएकी छन् । नागरिक दैनिकका संचारकर्मी सामिप्यराज तिमिल्सिनाले फिल्मको पटकथा र संवाद लेखेकाछन् भने संगीत बसन्त सापकोटाको रहने छ । साथमा फिल्मका लागि गीत कृष्णहरी बरालले लेखेकाछन् ।


  •  
  •  
  •