बिपी हिँडेको बाटो

483
  •  
  •  
  •  

काठमाडौं, २ साउन । २००३ फागुन २१ को घटना हो।
विराटनगर जुल मिलमा ट्रेड युनियन अधिकार माग गर्दै मजदुर आन्दोलन भएको थियो। गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनले राजनीतिक रूप लियो। तत्कालीन राणा सरकार र मजदुर मालिक एक भए। मजदुरहरूलाई जनताको व्यापक समर्थन प्राप्त भयो ।
आन्दोलन दबाउन चैत १२ गते बिहान २ सय ५० जनाको सैनिक टोली विराटनगर पुग्यो। लगत्तै व्यापक धरपकड सुरु भयो। पहिले तारिणीप्रसाद कोइराला समातिए। त्यसपछि गिरिजा, गेहेन्द्रहरि शर्मा (विकु), मनमोहन अधिकारी र युवराज अधिकारी पक्राउ परे।
अनि समातिए, विश्वेश्वरप्रसाद कोइराला ।
सशस्त्र सिपाहीको डफ्फाले यी छजनालाई विराटनगरबाट फुस्रे लिएर गयो। त्यहाँबाट दिनभरिको बाटो धनकुटा। र, त्यहाँबाट पैदलै पैदल काठमाडौं। त्यो पनि मधेसको बाटो होइन, पहाडै पहाड ।
तीन साताभन्दा बढी लगाएर बन्दीका रूपमा विराटनगरदेखि पहाडी बाटो काठमाडौं आइपुग्दाको क्षण बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा वर्णन गरेका छन्। बिपी लगायतलाई काठमाडौं ल्याइएको त्यही बाटो भदौ १ देखि २४ गतेसम्म फेरि पैदलयात्रा गरिने भएको छ।
बिपी जन्मशताब्दीको अवसर पारेर उनको राजनीतिक, आर्थिक, सामाजिक चिन्तन तथा विचारलाई जनस्तरसम्म पुर्‍याउन नेपाली कांग्रेसले यो पदयात्रा आयोजना गर्ने निर्णय गरेको हो। २४ दिने पदयात्रालाई कांग्रेसले ‘बिपी विचार यात्रा’ नाम दिएको छ । राजनीतिक रूपमा कांग्रेसलाई जनस्तरमा परिचित गराउन र राणाविरोधी आन्दोलनमा जनसमर्थन बटुल्न उक्त पैदलयात्रा कोसेढुंगा मानिँदै आएको छ ।
‘फेरि एकचोटि त्यही बाटो हिँडेर बिपीले प्रतिपादन गर्नुभएको सिद्धान्त र विचारअनुरुप त्यसको कार्यान्वयनका लागि अघि बढ्ने छौं,’ कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेलले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘बिपीको सपना साकार पार्न उहाँले अघि सार्नुभएको नीति एवं सिद्धान्तलाई जनतामाझ पुर्यालउँछौं ।’
भदौ १ बाट सुरु हुने पदयात्रा विराटनगरबाट सुनसरी, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, काभ्रे, भक्तपुर हुँदै भदौ २४ गते बिपी जन्मजयन्तीको अवसरमा सुन्दरीजल पुगेर समापन हुनेछ। बिपीलाई विराटनगरदेखि काठमाडौं ल्याउँदा बास राखिएका, खाना–खाजा खुवाइएका तथा अन्य ऐतिहासिक महŒव बोकेका स्थानमा कार्यक्रम गर्ने कांग्रेसले योजना बनाएको छ ।
‘एक जिल्लाले अर्को जिल्ला, एक गाविसले अर्को गाविसलाई निरन्तर हस्तान्तरण गर्ने गरी यात्राभरि व्यापक स्तरमा जनपरिचालन गरिनेछ,’ पौडेलले भने, ‘हरेक दिन एक शीर्षनेताले त्यसको कमान्ड गर्नु हुनेछ।’
बिपीको आत्मवृत्तान्तमा वर्णन गरिएअनुसार विराटनगरबाट सशस्त्र डफ्फाको निगरानीमा पुर्या इएको पहिलो मुकाम फुस्रे हो। त्यहाँ उनीहरूलाई काठ गोदाममा राखिएको थियो।
‘हामीलाई राति काठगोदाममा राखे। दीर्घराज सायद त्यहाँ थियो। उसले फलफूल, बिस्कुट, चिया, बट्टाका दूध ल्याइपुर्यािएको थियो। त्यहाँबाट हामी बिहानै चिया खाएर हिँड्यौं। धनकुटा पुग्न फुस्रेबाट दिनभरिको बाटो हिँड्नु थियो। पहाडमा हिँड्ने कसैको बानी थिएन। बीच बाटोमा पुगेपछि म त अलिकति थाकेको थिएँ, युवराज त बेहोस नै भयो,’ बिपीले आत्मवृत्तान्तमा भनेका छन्।
‘बडाहाकिम बस्ने ठाउँनेरको कुरा हो। त्यहाँ एउटा टक्सार–घर थियो। अघि त्यहाँ एउटा टक्सार रहेछ, त्यसका त्यहाँ फलामका ठूल्ठूला प्रेस थिए। त्यहाँ हामीलाई एउटा कोठामा राखे। अगाडिपट्टि दिसा गर्ने एउटा छाप्रो थियो। टक्सार बजारभित्रै थियो। त्यहाँबाट जता जान पनि पायक पर्थ्यो। हाम्रो बारेमा सरकारको रुख त्यति स्पष्ट भइसकेको थिएन। हामीलाई आपसमा कुरा नगर भन्थे तर हामी निर्धक्क कुरा गर्थ्यौं। एउटा बडो उत्साहको वातावरण थियो।’
त्यतिखेर धनकुटाबाट पहाडी बाटो पैदल काठमाडौं ल्याउनुले कांग्रेसलाई प्रशस्त राजनीतिक लाभ प्राप्त भएको बिपीले आत्मवृत्तान्तमै लेखेका छन्।
‘त्यहाँबाट पैदलको बाटो काठमाडौं लिएर हिँडे, पहाडै पहाडको बाटो लिएर गए, मधेसको बाटो लगेनन्। त्यसले कत्रो ठूलो प्रचार गर्योा भने बाटोमा त ओइरो लाग्थ्यो मानिसको। जहाँ हामी बस्थ्यौं, हेर्नलाई भीड लाग्थ्यो। हामी के कुरा गरिरहेका छौं भनेर हेरिरहेका हुन्थे,’ उनले भनेका छन्, ‘त्यस यात्राको राजनीतिक फाइदा के भयो भने हामीले नेपाली कांग्रेसको परिचय दिन पाएका थियौं, ठाउँठाउँमा हामीले आफ्नो विचार राख्ने मौका पायौं।’
देशको प्रजातान्त्रिक आन्दोलनको इतिहाससँग जोडिएको उक्त पैदलयात्राबाट बिपीको समाजवादी सिद्धान्त र राजनीतिक सोचबारे चिन्तन गर्न कांग्रेसको नयाँ पुस्ताले प्रेरणा पाउने पौडेलले बताएका छन्।
नयाँ पुस्तालाई कांग्रेस र बिपीको योगदान र महŒवबारे जानकारी गराउने तथा समयमै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गर्न अनुकूल वातावरण बनाउन सहयोग पुर्यांउने उनले उल्लेख गरे। ‘राणा सरकारले बिपीसहितका नेतालाई अड्डासार गर्दै जसरी काठमाडौं ल्याएको थियो, हामी त्यही बाटो गाउँ र जिल्ला सार गर्दै उहाँका विचारलाई विभिन्न ठाउँमा विभिन्न कार्यक्रमसहित ‘बिपी विचार यात्रा’ गर्ने छौं,’ उनले भने।
बिपीको स्मृति दिवस पारेर साउन ६ गते विराटनगरस्थित जुट मिल हातामा एक सय वृक्षरोपणसहित सुरु हुने कार्यक्रममा विचारसभा र प्रजातन्त्र सेनानीको सम्मान गरिनेछ। साउन ७ गते बिहान विराटनगरकै एलिट क्लबमा ‘बिपीको सपना : भोलिको नेपाल’ विषयक विचार गोष्ठी र दिउँसो सुनसरीको धरानमा बृहत साहित्य गोष्ठी गर्ने कांग्रेसले जनाएको छ। साउन ११ देखि १५ सम्म लहान, महोत्तरी, सर्लाही र बारामा कार्यक्रम राखिएको छ।
कांग्रेसले पदयात्रा क्रममा ओखलढुंगामा कवि गोष्ठी, बिपीको पुर्ख्यौलीथलो सिन्धुलीको दुम्जामा स्वास्थ्य शिविर गर्नुका साथै हरेक जिल्लामा कम्तीमा एउटा विशेष कार्यक्रम गर्ने तयारी गरेको छ। ‘ठाउँठाउँमा साँस्कृतिक कार्यक्रम, विचार गोष्ठी, भिडियो प्रदर्शनी सञ्चालन गरिनेछन्,’ पौडेलले भने, ‘भदौ २३ गते काठमाडौंको विशालनगरमा विशेष विचारसभा आयोजित हुनेछ भने उहाँलाई लामो समय बन्दी बनाइएको सुन्दरीजल (हालको बिपी संग्रहालय) मा भदौ २४ गते आएर समापन हुनेछ।’
यो यात्रा क्रममा बिपीले त्यस क्षेत्रको सामाजिक स्थितिको वर्णन पनि गरेका छन्।
‘पहाडमा भयानक गरिबी रहेछ। तरकारी पाइँदो रहेनछ। मासुभात या नुनभात खानुपर्ने हामीले। कहीँ कहीँ निगुरोको डाँठको तरकारी बनाउँथे,’ उनले भनेका छन्, ‘बाटोमा हामीले बडो दरिद्रता देख्यौं, त्यसलाई लिएर हामी आफ्ना आर्थिक नीतिहरूको सम्बन्धमा छलफल गर्थ्यौं, हाम्रो राजनीतिक आन्दोलनको आर्थिक पक्षबारे हामी छलफल गर्थ्यौं। म त समाजवादी छँदैथिएँ, अरूहरूले पनि त्यस सम्बन्धमा आफ्नो धारणा स्पष्ट गर्दथे।’
त्यतिबेला नेेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको डेढ महिना बित्न नपाउँदै विराटनगर जुट मिलमा मजदुर आन्दोलन सुरु भएको हो। बिपीसहित ६ जना अगुवालाई गिरफ्तार गरेपछि आन्दोलन रोकिने तत्कालीन शासकको बुझाइ थियो। तर, उल्टो हुन पुग्यो। उनीहरू पक्राउ परेको तेस्रो तीन दिव्या कोइराला, सुशीला कोइराला, शैलजा आचार्य, नलिनी उपाध्याय, कामिनी गिरीसहित महिला सडकमा उत्रिए। त्यसलाई नियन्त्रणमा लिने क्रममा तत्कालीन सरकारले चलाएको गोलीबाट जुट मिलका मजदुर तुलाराम तामाङको निधन भयो भने सयौं घाइते भएका थिए।
सरकारले दिव्या, सुशीलासहितका महिला नेतृलाई समेत गिरफ्तार गरी धनकुटा चलान गर्योत। उनीहरूलाई धनकुटा पुर्यारएपछि त्यहाँ रहेका बिपीसहितका नेतालाई अड्डासार गर्दै काठमाडौं हिँडाइयो। धनकुटाबाट हिँडाएको २२ औं दिनमा (वैशाख ९ गते) काठमाडौं ल्याइएको थियो। तत्कालीन सरकारले ओखलढुंगामा तीन दिन राखे पनि अन्य जिल्लामा भने अड्डासार प्रक्रिया पूरा नहुँदासम्म मात्र राखेको थियो।
काठमाडौं पुग्नुअघि उनीहरूलाई बनेपामा राखिएको थियो, जसलाई बिपीले यसरी वर्णन गरेका छन्, ‘बनेपामा एउटा सानो खोला छ। बनेपा बजारबाट त्यो खोला पार गरेपछि एउटा सत्तल आउँछ। त्यहाँ हामी पुग्यौं, नुहाएर खाना खायौं। त्यहाँबाट हामीलाई बानेश्वरको पाटीमा ल्याई पुर्यानए। निकै पुरानो पाटी थियो त्यो। अहिले जहाँ ट्राफिक पुलिस उभिन्छ, त्यसैलाई बानेश्वरको पाटी भन्थे। त्यहीँ हामीलाई राखे।’
भोलिपल्ट विशालनगरस्थित पद्मशमेशरको दरबारमा उनीहरूलाई उपस्थित गराइएको थियो। अन्यलाई भन्दा विशेष सुविधा र सम्मानका साथ केही दिन विशालनगरमै गड्तौलाको निजी घरमा राखिएको कांग्रेस नेता पुरुषोत्तम बस्नेत बताउँछन्। केही दिनपछि उनीहरूलाई जावलाखेल सारिएको थियो। ‘लामो समय खाली रहेकाले होला जावलाखेलको त्यो घरलाई ‘भुत्याघर’ भनिन्थ्यो,’ बस्नेतले भने।
उनका अनुसार विराटनगर मजदुर आन्दोलनकै क्रममा बिपीलगायत नेता पक्राउ परेपछि वैशाख १ बाट देशभरि सत्याग्रह थाल्ने निर्णय भएको थियो। तत्कालीन शासकले त्यसलाई बेवास्ता गरेपछि विराटनगर, जनकपुर, वीरगन्ज, इलाम, धनकुटा, नेपालगन्जसहितका क्षेत्रमा आन्दोलन सुरु भयो। काठमाडौंमा भने वैशाख १७ गतेबाट मात्र आन्दोलन सुरु भएको थियो। काठमाडौं, ललितपुर भक्तपुरमा एकैसाथ सुरु भएको आन्दोलनलाई त्रिचन्द्र क्याम्पसका विद्यार्थीले सशक्त बनाएका थिए।
आन्दोलनबाट अत्तालिएका पद्म शमशेरले जेठ २ गते सबै राजबन्दी रिहा गर्ने घोषणा गर्दै सुधारका कार्यक्रम ल्याउने बताएका थिए। लगत्तै जेठ २० गते बनारसमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले जेठ २१ बाट जारी आन्दोलन रोक्ने निर्णय गरेको थियो।
धनकुटामा रहेका दिव्या कोइरालासहितका महिला नेतृलाई असारमा रिहा गरे पनि प्रतिबद्धता पूरा भएन। स्वास्थ्य अवस्था कमजोर बन्दै गएका बेला बिपी कोइरालालाई रिहा गर्न महात्मा गान्धीसहितका भारतीय नेताको दबाब आयो। त्यसपछि भदौमा बल्ल उनी छुटे। बिपीसँग पक्राउ परेका बाँकी पाँचलाई भने सरकारले अझै रिहा गरेन। पद्म शमशेर भारत भ्रमणमा निस्कने तयारीमा रहेका बेला पाँच राजबन्दीले आमरण अनशन सुरु गरे। २४ दिनको आमरण अनशनपछि मंसिरमा उनीहरूलाई रिहा गरिएको बस्नेत बताउँछन्।
‘जनस्तरबाट राणा शासनविरुद्ध सुरु भएको त्यो पहिलो आन्दोलन थियो,’ बस्नेतले भने, ‘नेताहरूलाई बिनाहत्कडी, सम्मानका साथ पूर्वी पहाडको बाटो काठमाडौं पुर्यामउँदा जनतामा नयाँ जागरण ल्याउने काम गर्योी।’
‘शासकविरुद्ध बोल्दा झुन्डिएर वा गोली खाएर मर्नुपर्दैन, बोल्नुपर्छ भन्ने सन्देश दिएको थियो,’ बस्नेतले थपे।
त्यो सन्देश ६७ वर्षपछि पनि उत्तिकै सान्दर्भिक रहेको बस्नेत बताउँछन्।
‘आज पनि शासकविरुद्ध बोल्न हिच्किचाउने प्रवृत्ति छ, यस्तै हो, चलिहाल्छ भन्दै सिस्टमका दोषहरूमा आँखा चिम्लने प्रवृत्ति छ,’ बस्नेतले भने, ‘बिपीले राजनीतिक व्यवस्थामा मात्र होइन, सर्वसाधारणको दैनिक व्यवहारमा समेत प्रजातान्त्रिक सोच भित्र्याउने सपना देख्नुभएको थियो।’
‘बिपीको सैद्धान्तिक मार्ग र विचारप्रति सबैलाई झक्झाउनु बिपी विचार यात्राको उद्देश्य हो,’ बस्नेतले भने।
(साभार नागरिक दैनिकबाट) 

  •  
  •  
  •