वीपी सतवार्षिकीमा ‘प्रजातान्त्रिक समाजबादको भविष्य’

158
  •  
  •  
  •  

काठमाडौं, जेठ २५ (ओएएनस) । जननायक स्वर्गीय विश्वेश्वरप्रसाद कोइरालाको सतवार्षिकीको अवसरमा प्रजातान्त्रिक समाजबादको भविष्यमा लामो छलफल हुने भएको  छ । विश्वका २५ देशका विज्ञहरुले उक्त विषयमा ५ वटा कार्यपत्र प्रस्तुत गर्नेछन् ।

सतवार्षिकी कार्यक्रमको मुख्य आकर्षण म्यानमारकी प्रजातन्त्रबादी नेतृ आङ साङ सुकी हुनेछिन् । नोवेल शान्ति पुरस्कार विजेता सुकीलाई नेपाल सरकारले देशकै पाहुनाको रुपमा सम्मान दिने निर्णय गरिसकेको छ । नेतृ सुकी यही ३० गते नेपाल आउँदै छिन् । उनलाई वीपी चिन्तन प्रतिष्ठानले आर्मिअफिसर्स क्लवमा नेपाली जनताका तर्फबाट नागरिक सम्मान गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष हरिबोल भट्टराईले बताए ।

राजधानीमा शनिबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष भट्टराईले भने, ‘माहात्मा गान्धी, नेल्सन मण्डेला, वीपी कोइरालालगायतको निधनपछि सुकीनै मानवअधिकार र प्रजातन्त्रको पर्यायी बनेकी छन् ।’ सुकीले संविधानसभा बैठकमा पनि सम्बोधन गर्ने कार्यक्रम छ । उनले जेठ ३१ मा संविधानसभामा सम्बोधन गर्नेछिन् ।

सम्मेलनमा भारतका नेताहरु करण सिंह, डिपी त्रिपाठी, सुरेन्द्र भदौरियादेखि डेनमार्क, स्वीजरलैण्ड, संयुक्त अधिराज्य, जर्मनी, म्यानमारका विज्ञ नेताको सहभागिता रहने प्रतिष्ठानले जनाएको छ । प्रजातान्त्रिक समाजबादको भविष्यका विषयमा सोसलिष्ट इन्टरनेसनलका महासचिव लुइस आयल, भारतको जवहारलाल नेहरु विश्वविद्यालयका प्राद्यापक आनन्द कुमार, जर्मनीका प्रोफेसर थोमस मायर, बेल्जियमका प्रोफेसर डा. भोलले समाजबादको भविष्यका विषयमा विश्लेषणयुक्त प्रस्तुति दिनेछन् । नेपालबाट प्राडा जयराज आचार्यले कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन् ।

सम्मेलनको बन्दसत्रमा १ सय ५० भन्दा बढी विज्ञहरुको सहभागिता रहने छ । खुलासत्रमा भने एक हजार जनालाई निम्त्याएको प्रतिष्ठानल


  •  
  •  
  •