प्रेमिकालाई गर्भवती बनाउन बच्चाको बली

200
  •  
  •  
  •  

knife-murderकाठमाडौ, १० पुस(एजेन्सी) : प्रेमीकालाई गर्भवती बनाउनका लागि एक युवकले निकै नै खतरानाक काम गरेका छन् । भारतको उत्तर प्रदेश पीलीभीतको एक गाऊँ रूपपुर कृपामा करिब एक महिना अगाडि भएको गेन्दनलालका १० वर्षीय छोरा प्रियान्शु हत्याकाण्डको घटनाबारे प्रहरीले सनसनीपूर्ण खुलासा गरेको छ ।

प्रहरीका अनुसार पिपरिया गाऊँ निवासी हत्याका आरोपी तान्त्रिक पप्पू उर्फ दुर्गेशले प्रेमिकाले बच्चा नजन्माएपछि कान काटेर प्रियांशुको बली दिएका थिए । प्रहरीले हत्याका आरोपीलाई जेल चलान गरेको छ ।

रूपपुर निवासी गेन्दनलालका छोरा प्रियांशु गत २१ नोभेम्बर बेलुका ४ बजे घरबाहिरबाट हराएका थिए । त्यसको तीन दिनपछि उनको शव गन्नेको खेतमा भेटिएको थियो । उनको कान काटिएको थियो । पहिले प्रहरीले कुनै जनावरले बच्चालाई मारेको हुन सक्ने आंशका गरेका थिए । तर, पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु घाँटी थिचेर गरिएको पुष्टी भएको थियो ।

प्रहरीले गेन्दनलालको तर्फबाट अज्ञातको विरूद्ध हत्याको आरोपमा मुद्दा दर्ता गरेर छानविन सुरू गरेको थियो । जाँचमा भेटिएको तथ्यका आधारमा प्रहरीले पप्पूलाई नियन्त्रणमा लिएर गरिएको पुछताछका क्रममा उसले जिउँ नै सिरिंग हुने घटनाबारे खुलासा गरेका थिए ।

हत्याका आरोपी पप्पूले केही वर्षअघि देखी आफ्नी पत्नीलाई छाडेर रूपपुर कृपा गाऊँमा मृतकको घरको नजिकै भाडामा लिइएको घरमा बस्ने गर्थे । उसले गाऊँकै एक महिलासँग अवैध सम्बन्ध पनि राखेका थिए । करीब २५ वर्षकी ती महिलाको कुनै बच्चा भएको थिएन ।

प्रहरीका अनुसार पप्पूलाई थोरै तान्त्रिक ज्ञान पनि थिए । उसले प्रेमिकालाई कुनै तन्त्रमन्त्रको साधना गरेर कुनै बच्चाको बली दिएर साधना गर्ने कुरा भने । महिलाले उक्त कुरा स्विकार गरिनन् । तर, उनले पनि मानेनन् र २१ नोभेम्बर दिँउसो ४ बजेतिर प्रियांशुलाई लिएर गाऊँ बाहिर गए ।

केही बेर यताउता गरेपछि खेतमा लगेर पहिले कान काटे फेरी प्रियांशुको घाँटी थिचेर मारिदिए । प्रहरीले यस घटनाको थप अनुसन्धान जारी राखेको छ । प्रहरीले ती महिलाको पनि संलग्नता भए नभएको बारे अनुसन्धान गरिरहेको र संलग्नता देखिए उनलाई पनि पक्राउ गरिने जनताएको छ ।


  •  
  •  
  •