ब्वाइफ्रेण्ड आइफोन लती भएपछि

160
  •  
  •  
  •  

गर्लफ्रेण्ड अगाडि होस्, तर ब्वाइफ्रेण्ड आफ्नो गर्लफ्रेण्डलाई नहेरेर पटकपटक आफ्नो आइफोनमा व्यस्त भए अवस्था के होला ? त्यसको उदाहरण चीनमा देखियो ।
डेली मेलका अनुसार चीनकी एक युवती आफ्नो ब्वाइफ्रेण्ड आइफोनसँग व्यस्त रहने समस्याबाट क्रुद्ध थिइन् । उनीहरु मेट्रोमा कतै जाँदै थिए । तर, ब्वाइफ्रेण्ड आइफोनको यति लती थिए कि उनले फोन छोड्दै छोडेनन् । युवतीले फोन बन्द गर्न पटकपटक आग्रह पनि गरिन् ।
तर, युवकले सनेको नसुन्यै गरे । वाक्कदिक्क भएकी युवतीले मेट्रोमै फोन खोस्ने कोशिस गरिन् । त्यति गर्दा पनि युवक फोन छोड्न तयार नै भएनन् । उनीहरुको फोन खोसाखोस सबैका लागि तमासा बनिसकेको थियो । तैपनि उनीहरुले त्यसको कुनै परवाह गरेका थिएनन् ।
युवक कुनै पनि हालतमा फोन छोड्न तयार थिएनन् । युवती पनि के कम फोन खोस्न उनले युवकलाई घिसार्न थालिन् । उनले युवकलाई घिसार्दै निकै परसम्म लगिन् । मेट्रोबाट निस्केर उनीहरु अन्डरग्राउण्ड सबवेमा पुगे । तैपनि युवकले फोन भने छोडेनन् । उनी युवतीको हातमा पुगेको आइफोन खोस्न थाले । उनी युवतीको हातबाट फोन खोस्न सफल पनि भए ।युवतीले पनि युवकलाई घिसार्न छोडिनन् । उनी निकै आक्रोशित थिइन् । केही नलागेपछि उनी युवकलाई छोडेर हिड्न बाध्य भइन् । यो घटनाका प्रत्यक्षदर्शीहरुले तस्वीर र भिडियो खिचेका थिए । जुन अहिले इन्टरनेट सञ्जालमा भाइरल बनेको छ। एजेन्सी


  •  
  •  
  •