“पुरुषले फाइदा उठाउन खोज्थे”

101
  •  
  •  
  •  

काठमाडौं, १ कात्तिक ।
पपस्टार लेडी गागाले पुरुषहरूले आफ्नो गलत फाइदा उठाउने कोसिस गरेको आरोप लगाएकी छिन् । करिअरको सुरुवाती चरणमा आफू शोषणको सन्निकट पुगेको उनको भनाइ एक वेबसाइटमार्फत सार्वजनिक भएको हो ।

२८ वर्षीया गागाले आफ्नो करियरको सुरुवातमा धेरै पुरुषसँग झगडा गर्नुपरेको त्यसमा खुलासा गरेकी छिन् । ‘उनीहरू काम गर्ने बहानामा फाइदा उठाउन चाहन्थे । तिनलाई मैले पाठ सिकाउनुपरेको थियो,’
उनले भनिन् ।

गायन क्षेत्रमा संघर्ष गर्दाताकाको अनुभूति बाँड्दै उनले भनेकी छिन्, ‘अब आउने गायकले पनि संगीत उद्योगमा त्यस्ता अनुहारको सामना देख्नुपर्नेछ ।’ आफूले त्यसवेला निकै तीता अनुभव गर्नुपरेको बताउँदै उनले अगाडि भनेकी छिन्, ‘मसँग कैयौँ नराम्रा घटना भए । पुरुषका साथ मेरो धेरै नराम्रा अनुभव रहे । उनीहरू मलाई स्टुडियोमा असहज महसुस गराउँथे । त्यही कारण मलाई आफ्नो गायन क्षमताप्रति नै वितृष्णा पैदा हुन्थ्यो ।

किनकि, उनीहरू मेरो यही प्रतिभालाई बहाना बनाएर गलत फाइदा उठाउन चाहन्थे ।’ उनको यस खुलासाले संगीत उद्योगपछाडि रहेको अवाञ्छित गतिविधिबारे थप चासो बढेको छ ।
नयाँपत्रिका/एजेन्सी


  •  
  •  
  •