काठमाडौ, १९ भदौ(एजेन्सी) : इस्लामिक स्टेट (आईएसआईएस)को आतंकका कारण देश छाडेर विस्थापित हुने क्रममा आफ्नो ज्यान गुमाउन पुगेका ३ वर्षीय बालक एलेन कुर्दीको अन्तिम संस्कार गरिएको छ ।
आईएसको आतंकबाट बच्ने आशमा परिवारसहित विस्थापित हुने क्रममा डुंगा दुर्घटना हुँदा ३ वर्षीय बालक एलेन मृत्यु भएको थियो । उनको अन्तिम संस्कार उनकै घर अर्थात् सीरियामा गरिएको छ । टर्कीको समुन्द्र किनारमा एलनको मृत शरिर भेटिएपछि अहिले पुरा विश्वको ध्यान शरणार्थीहरूको समस्या र आतंकवादतर्फ खिचिएको छ ।
एलेनका पिता अब्दुल आफ्नो छोराको शवका साथ शुक्रबार सीरियाली शहर कोबान पुगेका थिए । आईएस र कुर्दिश विद्रोहीहरूबीचको युद्धका कारण पूरै शहर नै ध्वस्त भएको छ । तीण महिना पहिले नै अब्दुलको परिवारका ११ जनालाई आईएसले मारेको थियो । यही शहरको चिहानमा एलन, उनकी आमा र उनका दाईको अन्तिम संस्कार गरिएको छ । अब्दुल्लाका काकाले आफूहरूले आफ्नो परिवारको जीवन जोगाउनका लागि मात्र आफूहरूले देश छोड्न चाहेको बताएका छन् ।