गणेशमानको स्मृतिमा काठमाडौंमा बक्सिङ प्रतियोगिता हुने

343
  •  
  •  
  •  

काठमाडौं, १८ कात्तिक (ओएनएस): वीर गणेशमान सिंहको स्मृतिमा आगामी बुधवारदेखि काठमाडौंमा राष्ट्रिय स्तरको खुल्ला बक्सिङ प्रतियोगिता हुने भएको छ ।

योङ स्टार स्पोर्टर्स क्लबले आयोजना गर्न लागेको प्रतियोगित ४ दिनसम्म चल्ने बताइएको छ । काठमाडौंको वसन्तपुरमा हुने उक्त प्रतियोगिताको उपप्रधानमन्त्री एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले उद्दघाटन गर्ने बताइएको छ ।
कार्यक्रममा योङ स्टार क्लबका संस्थापक मथुरादास नेवा, अध्यक्ष रमेशप्रसाद प्रधान, नेपाल बक्सिङ संघका कोषाध्यक्ष किरण श्रेष्ठ, बक्सिङका प्रमुख प्रशिक्षक ओम मास्के र योङ स्टार क्लबबाट दुईपटक ओलम्पिक खेलेका बक्सर उमेश मास्केलगायतले उक्त प्रतियोगिताको महत्ववारे प्रकाश पारेका थिए ।

समितिले वीर गणेशमानको स्मृतिमा आफूहरुले प्रतियोगिता आयोजना गर्ने उल्लेख गर्दै यसलाई सफल बनाउनका लागि सबै खेलप्रेमी महानुभावलाई आग्रहसमेत गरेको छ ।


  •  
  •  
  •