काठमाडौँ, बैशाख / शाहरूख खानले गत शूक्रबार रिलिज भएको चलचित्र ‘फ्यान’ले पहिलो विकेन्डमा ५२ करोड भारतीय रूपैयाँ कमाई गरेको छ । चलचित्रको यो कमाई यो वर्ष रिलिज भएको चलचित्रमध्ये पहिलो विकेन्डमा सबैभन्दा बढी कमाई हो ।
चलचित्रले पहिलो दिन १९ करोड भारतीय रूपैयाँ कमाई गरेको थियो भने दोस्रो दिन १५ करोड भारतीय रूपैयाँ र तेस्रो दिन १८ करोड भारतीय रूपैयाँ कमाई गरेको थियो ।
यता, ‘दी जंगल बुक’ले पनि राम्रो व्यापार गरेको छ । यस चलचित्रले दोस्रो विकेन्डसम्म १ सय १ करोड भारतीय रूपैयाँ कमाई गरेको छ । ८ अप्रिलमा रिलिज भऐको हलिउड चलचित्र ‘दी जंगल बुक’को कमाई अहिले पनि जारी छ । यति धेरै कमाई गर्ने यो चलचित्र यो वर्ष भारतीय बक्स अफिसमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बनेको छ । यसभन्दा पहिले अक्षय कुमारद्वारा अभिनित चलचित्र ‘एयरलिफ्ट’ले दोस्रो वीकेन्डमा १ सय २ करोड भारतीय रूपैयाँको व्यापार गरेको थियो ।
भारतीय बक्स अफिसमा यस चलचित्रले १ सय २८ करोड भारतीय रूपैयाँ कमाई गरेको छ ।