अचम्मको शहर ! २० हजार जनसंख्या रहेको शहरमा २ सय जुम्ल्याहा

311
  •  
  •  
  •  

bosnia-to-declare-itself-town-of-twinsकाठमाडौ, ७ बैशाख(एजेन्सी) : बोस्नियाको एक शहर बुजिमलाई जुम्ल्याहा बच्चाहरूको शहर भनिन थालिएको छ । सन् १९९२ देखी १९९५ का क्रममा २० हजार जनसंख्या रहेको उक्त शहरमा २१ जोडी जुम्ल्याहा बच्चाहरूको जन्म भएको आधिकारिक पुष्टी भएको छ भने उक्त तीन वर्षको बीचमा २ सय जुम्ल्याहा बच्चाहरू जन्मिएका थिए । जुन एक फेसबुक पेजबाट पत्ता लागेको छ ।

bosnia-to-declare-itself-town-of-twins2यसरी जुम्ल्याहा बच्चाहरू जन्मिएपछि उक्त शहरलाई ‘टाउन अफ ट्विन्स’ घोषित गर्नुपर्ने आवाज पनि उठिरहेको छ । यस्तो भएमा यो शहरको पर्यटनको दृष्टीको महत्व बढ्ने बताइएको छ । शहरका मेयर आगान ब्यूनिक निकै उत्साहित छन् । उनले बुजिम र पुरै बोस्नियाका जुम्ल्याहा बच्चाहरूको वर्षेनी बैठक आयोजना गर्ने सोच बनाइरहेका छन् ।

bosnia-to-declare-itself-town-of-twins1बुजिम शहरमा बस्दै आएका एक शिक्षक पत्रकार नेदजीब वुसेल्सले युद्धका क्रममा बोस्निया छाडेर गएका परिवारमा पनि जुम्ल्याहा बच्चाहरूले जन्म लिएको हुन सक्ने बताएका छन् । यस्तो परिवारको पत्ता लगाउनकालागि उनले ‘बुजिम दी टाउन अफ ट्वीन्स नामको फेसबुक पेज पनि बनाएका छन् । उनले यो पेजमार्फत अहिलेसम्म उनलाई करीब २ सय जुम्ल्याहा बच्चाहरूको जानकारी हासिल भएको बताएका छन् ।

बुजिमका मेयर ब्युनिकका अनुसार स्थानीय मानिसहरु विषेशगरी आफ्नो आफन्तभित्र नै वैबाहिक सम्बन्ध जोड्ने गर्छन् । यो परम्परा निकै लामो समयदेखी चल्दै आएको छ ।

bosnia-to-declare-itself-town-of-twins3bosnia-to-declare-itself-town-of-twins4यहाँ धेरै परिवारमा निकै पहिलेदेखि जुम्ल्याहा बच्चा जन्मिने गर्थे, सायद यही कारण यहाँ जुम्ल्याहा बच्चाहरू धेरै छन् । १७ महिनाका जुम्ल्याहा छोराहरूका पिता केमल सिजदेरविकले आफ्नो परिवारमा जुम्ल्याहा बच्चाको जन्म लिने इतिहास नै भएको बताएका छन् । यस्तोमा उनको शहरलाई यदी जुम्ल्याहा बच्चाहरूको शहर भनिए आफूलाई रमाइलो लाग्ने बताएका छन् ।


  •  
  •  
  •