अनौठो बालकको जन्म

215
  •  
  •  
  •  

baby
file photo

अछाम ३ फागुन (ओएनएस) : अछाम जिल्लाको रानीवन गाविसमा आन्द्रा, फोक्सो तथा मुटु बाहिर रहेको अवस्थामा एक बालकको जन्म भएको छ । शुक्रबार बेलुकी साढे ५ बजे तिर वडा नम्बर ८ का लालुराम जैसी अनौठो बालकको जन्म, आन्द्रा, फोक्सो मुटु बाहिर र परुदेवि जैसीको सन्तानका रुपमा ती अनौठो बालकको जन्म भएको हो ।

रानीवन उपस्वास्थ्य चौकीमा जन्म भएका ती बालकको ३ वटा ओठ रहेको, २ हातमा १२ औंला तथा हात बांगो रहेको, २ वटा जिब्रो तथा नाक र मुख एकै ठाउँमा रहेको उपस्वास्थ्य चौकीका अनमी रीता नेपालीले बताए । बच्चाको अण्डकोष पनि नरहेको स्थानीय रामप्रसाद न्यौपानेले बताए ।

बच्चा हेर्नेको घुईचो रहेको र अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अनमी नेपालीले बताए । गर्भावस्थामा ४ पटक गर्भजाँच गरेको भएपनि सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताईएको छ ।


  •  
  •  
  •