भर्चुअल बैठकमा पोर्न भिडियो प्ले भएको विषयमा पर्यटन बोर्डले माग्यो क्षमा

883
  •  
  •  
  •  

काठमाडौं । ‘जुम एप’ मार्फत भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको विषयमा बोर्डले क्षमा मागेको छ ।

नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको भर्चुअल बैठकमा पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो प्ले भएको थियो ।

मन्त्री भट्टराईले बोल्दै गर्दा पोर्न भिडियो प्ले भएपछि आयोजकले तत्कालै जुम मिटिङको अन्त्य गरेका थिए ।

अनाधिकृत रुपमा भर्चुल मिटिङमा प्रवेश गरेका ‘ह्यारिस’ नामको आईडीबाट पोर्न भिडियो प्ले गरेको बताइएको छ । उक्त भर्चुअल बैठकमा मन्त्रीसहित करिब २ सय जना सहभागी थिए ।

बोर्डले एक विज्ञप्ति जारी गर्दै बैठक भइरहेको समयमा ह्याक भई असमान्य परिस्थ्ति सिर्जना भएको र कार्यक्रबीच मै अन्त्य गर्नुपर्ने अवस्था आएको भन्दै क्षमा मागेको छ । बोर्डले छानबिनका लागि आवश्यक कारबाही अगाडि बढाइएको पनि जानकारी गराएको छ ।


  •  
  •  
  •