मुस्ताङको लोमान्थाङमा एपिएफको बिओपी स्थापना

61
  •  
  •  
  •  

काठमाडौं । मुस्ताङको लोमान्थाङमा सशस्त्र प्रहरी बल (एपिएफ)को बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरिएको छ। गृहसचिव महेश्वर न्यौपानेले लोमान्थाङ–४ मा स्थापना हुने बिओपीको शिलान्यास गरेका हुन् ।

सशस्त्र प्रहरी महानिरीक्षक (आइजी) शैलेन्द्र खनालसहित लोमान्थाङ–४ मा नेचुङ पुगेका सचिव न्यौपानेले बुधबार सो भवनको शिलान्यास गरेका हुन्।

गत जेठ १५ गते भन्सार कार्यालय र कृषि क्वारेन्टाइनको भवनमा स्थापित बिओपि सदरमुकाम जोमसोम बाट १ सय ९ किलोमिटरको दूरीमा समुद्र सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा अवस्थित छ।

२४ कोठाको मौसम अनुकुलको हुने भवन करिब साढे ६ करोडको लागतमा एक वर्षभित्र निर्माण भइसक्नेछ। असोजदेखि वैशाखसम्म नै भारि हिमपात हुने त्यस क्षेत्रमा सशस्त्र प्रहरी बल १२ महिना नै तैनाथ रहने भएको हो। हालसम्म देशभर सशस्त्र प्रहरि बलका १ सय ८३ वटा बिओपी स्थापना भएका मध्ये उत्तरी सिमानामा ७ वटा रहेका छन्।

बिओपी स्थापना भएसँगै मुस्ताङको उत्तरी सिमानामा सशस्त्र प्रहरीले सीमा अनुगमन, पिल्लर निरीक्षण , काउन्टरपार्टस् सँग समन्वय तथा नियमित गस्ती पट्रोलिङ गर्दै आएको छ।


  •  
  •  
  •