काठमाडौंमा बम फेला पर्याे, पोखरामा विस्फोट हुदाँ २ घाईते

46
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): काठमाडौंमा बम फेला परेकाे छ भने पोखरामा बम विस्फोट हुदाँ २ घाईते भएका छन्। काठमाडौंको तीनकुनेमा बमजस्तै शंकास्पद बस्तु प्रहरीले फेरा पारेको छ। उक्त बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्फोजल टोली गएको छ।

तीनकुने क्षेत्रमा प्रहरीले घेरा हालेर सुरक्षा दिइरहेको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए छ । यसअघि आजै पोखराका बिजयपुरमा बम बिस्फोट हुदाँ २ जना घाइते भएका छन्। बिस्फोटमा स्थानीय पत्रकार घनश्याम पाण्डे र एक जना प्रहरी कुलबहादुर खत्री घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

पोखरा लेखनाथ महानगरपालिकाको वडा नम्बर १४ मा पर्ने विजयपुरमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । मंगलवार नेपाल बन्द आह्वान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बम बिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।


  •  
  •  
  •