काठमाण्डौँमा चिनियाँ पुस्तक प्रदर्शनी

97
  •  
  •  
  •  

काठमाडौं २५ असोज (ओएनएस) : काठमाण्डौँमा ‘चिनियाँ पुस्तक प्रदर्शनी २०१४’ सुरु भएको छ ।

चिनियाँ प्रकाशन र संस्कृतिसम्बन्धी जानकारी गराउने तथा प्रकाशनका क्षेत्रमा चीन र नेपालबीच आपसी सम्बन्ध विस्तार गर्ने उद्देश्यले आजदेखि पुस्तक प्रदर्शनी गरिएको आयोजकले जनाएको छ । तिब्बत स्वशासित क्षेत्र सरकारको सूचना तथा प्रकाशन विभाग र नेपाल पुस्तक विक्रेता तथा प्रकाशक सङ्घ नेपालको सहकार्यमा  प्रदर्शनी भएको हो ।

प्रदर्शनीको अवसरमा नेपालका विभिन्न प्रकाशन संस्था र चिनियाँ प्रकाशन संस्थाबीच प्रकाशन, अनुवाद, बिक्री वितरण र अध्ययन भ्रमण आदानप्रदानसम्बन्धी बेग्लाबेल्लै सम्झौतामा हस्ताक्षर भएको छ  ।

दरबारमार्गमा रहेको  होटल अन्नपूर्णमा जारी प्रदर्शनी यही असोज ३० गतेसम्म चल्नेछ । प्रदर्शनीको अवलोकनका लागि चिनियाँ कम्युनिस्ट पार्टीको तिब्बत स्वशासित क्षेत्र कमिटीका स्थायी कमिटी सदस्य वुन्हु दोङको नेतृत्वमा २६ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको छ ।


  •  
  •  
  •