काठमाडौंमा भोलीदेखि वृहत चिनियाँ पुस्तक प्रदर्शनी हुने

99
  •  
  •  
  •  

काठमाडौं, २४ असोज (ओएनएस) : काठमाडौंमा भोलीदेखि वृहत चिनियाँ पुस्तक प्रदर्शनी हुने भएको छ । चीनको तिब्बत जन प्रकाशन गृह तथा समाचार प्रकाशन केन्द्र चीन तिब्बतको संयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको हो ।

नेपाल चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिश्चन्द्र शाहले दिएको जानकारी अनुसार राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा विहान १० वजेदेखि प्रदर्शनी सुरु हुनेछ । डा. शाहका अनुसार सूचना तथा सञ्चार मन्त्रि डा.मिनेन्द्र रिजालले सो प्रदर्शनीको सुभारम्भ गर्नेछन् ।

 त्यस्तै नेपाल सरकारका मुख्य सचिव लिलामणि पौडेल तथा नेपालका लागि चिनियाँ राजदुत उ छुन्थाईले समारोहमा विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।


  •  
  •  
  •