नाइजेरियाको मस्जिदमा आक्रमण, कम्तिमा १ सय २० को मृत्यु

241
  •  
  •  
  •  

bombs-gunfire-in-nigeriaकाठमाडौ, १३ मंसिर(एजेन्सी) : नाइजेरियाको सबैभन्दा ठुलो शहरमध्येको एक कानोमा शुक्रबार बन्दुकधारीहरूले एक मस्जिदमा हमला गर्दा कम्तिमा १ सय २० जनाको मृत्यु भएको छ भने २ सय ७० भन्दा बढी मानिस घाइते भएको सञ्चारमाध्यमहरूमा जनाइएको छ ।

दुई आत्मघाती हमलाकारीले भीडमा आफूलाई विस्फोट गराएको र अन्य केही बन्दुकधारीले गोली चलाउने र ग्रिनेड फ्याक्ने गरेको समाचारहरूमा जनाइएको छ ।

bombs-gunfire-in-nigeria1अधिकारीहरूका अनुसार हमलाको तरिका आतंकी संगठन बोको हरामसँग मिल्दोजुल्दो भएको बताइएको छ । शुक्रबार सयौ मानिस दिउँसोको नमाज पढ्नका लागि एकत्रित भएका थिए । मस्जिद देशको सबैभन्दा ठूला इस्लामिक नेता मोहम्मद सनुसीको घर नजिकै रहेको छ । उनलाई बोको हरामको आलोचक मानिन्छ ।

यस घटनाका क्रममा सनुसी घरमा थिएनन् । बोको हराम एक सुन्नी आतंकवादी संगठन हो, जसले उत्तरी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्न चाहन्छन् । उनीहरू आफ्नो विचारधारा नमान्ने मस्जिदहरूमा आक्रमण गर्ने गर्छन् । यसका साथै, उनीहरू चर्च, स्कुल, प्रहरी चौकी, सैन्य अड्डा र सरकारी भवनहरूलाई निशाना बनाउने गर्छन् ।


  •  
  •  
  •