ह्वाइट हाउसमा बम हमलाको चेतावनी दिने दुई नेपाली पक्राउ

320
  •  
  •  
  •  

काठमाडौ, २ बैशाख (ओएनएस) :  विश्वकै शक्तिशाली देश अमेरिकाको राष्ट्रपति भवन ह्वाइट हाउसमा बम हमलाको चेतावनी दिने नेपाली मूलका दुई जना अमेरिकामा पक्राउ परेका छन् ।

उनीहरुले आफुहरु आतंकवादी समूह अलकायदको सदस्य भएको र ह्वाइट हाउसमा बम पड्काउने योजना बनाएको भन्दै अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी धम्की दिएको फक्स एट न्युजले लेखेको छ ।

पक्राउ पर्नेमा ६७ बर्षिया भगिरथ कोइराला र २८ बर्षिया गुरु धिमाल छन् । उनीहरुले फोनमा आफू अलकायदाको सदस्य भएको तथा ह्वाइट हाउसमा बम विष्फोट गराउने तयारी गरिरहेको भनि धम्कीको भाषमा इमेर्जेन्सी नम्बरमा फोन गरेका थिए ।

योजना भएको भए किन फोन गरेको भन्ने प्रश्नमा अन्य सदस्यहरु पनि आफुहरुको पछाडि रहेको भनी जवाफ दिएका थिए । धिमाल न्युयोर्कमा बस्दै आएका थिए भने कोइराला कोलम्बसमा बसदै आएका थिए ।

एक बसमा सवार धिमालले आफुले अलकायदाको सदस्य भएको र ह्वाइ हाउसम बम हान्न आइरहेको भनी बसबाट फोन गरेका थिए । प्रहरीले उनीहरु चढेको बसलाई पछ्याउदै पक्राउ गरेपनि उनीहरुको साथबाट बम फेला नपारेको फक्स एट न्युजले लेखेको छ ।

दुबैलाई सोमबार दिउँसो अदालतमा पेश गरिएको थियो भने धिमालसँग २५ हजार डलर धरौटी माग गरिनुका साथै मानशिक चाँज गर्न समेत आदेश दिइएको छ । काेरलारा भने रिहा भएका छन् ।


  •  
  •  
  •