सेनाद्वारा बम निष्कृय

305
  •  
  •  
  •  

धादिङ, ३ मंसिर (ओएनएस) :
जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ । मतदान सामग्री लिन जाँदा आइतबार बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो ।

जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले भत्केपछि हाल नीलकण्ठ नगरपालिका– ३ धादिङबेसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ । बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •