सशस्त्र प्रहरीको गणमा बम विस्फोट, ८ घाइते

392
  •  
  •  
  •  

apf logoतनहुँ, ९ जेठ(ओएनएस) : तनहुँको भानु नगरपालिकामा रहेको सशस्त्र प्रहरी बल मनकामना गणमा आइतबार ग्रिनेड बिस्फोट हुँदा ८ सशस्त्र प्रहरी घाइते भएका छन् ।

तालिमका क्रममा अकस्मात बम पड्किँदा एक हबल्दारसहित ७ जना घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेका छन् र उनीहरूलाई उपचारका लागि सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।

सशस्त्र प्रहरी हबल्दार दीपेशकुमार चौधरी र सशस्त्र सहायक हबल्दार प्रेमबहादुर थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सशस्त्र सहायक हबल्दारहरु शोभाखर रिजाल, प्रेमसिं बोहरा, दीपक खड्का, होम राना, वीरेन्द्र चन्द र प्रेम घर्तिमगर घाइते भएका हुन् ।
घाइतेको डुम्रेस्थित लक्ष्मी अस्पतालमा सामान्य उपचार गरिएको प्रहरीले जानकारी दिएको छ ।


  •  
  •  
  •