महेश बस्नेतको घरको गेटमा बम

241
  •  
  •  
  •  

भक्तपुर, १८ मंसिर : भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका एमाले नेता एवं पूर्वमन्त्री महेश बस्नेतको गुण्डुस्थित घरको गेटमा बम भेटिएको छ ।

आइतबार राति बस्नेतको घरको बाहिरको मूल गेटमा नयाँ ठूलो झोलामा शंकास्पद वस्तु राखेर झुण्ड्याएको अवस्थामा भेटिएपछि स्थानीयवासीले सुरक्षाकर्मीलाई खबर गरेका थिए । खबर पाएपछि पुगेका नेपाली सेना र प्रहरीको टोलीले राति नै बमलाई निष्क्रिय गरेको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

उम्मेदवारको परिवार र स्थानीय बासिन्दालाई आतंकित पार्न खोजिएको भन्दै स्थानीयले निन्दा गरेका छन् ।


  •  
  •  
  •