उम्मेदवार भट्टको घर नजिक बम विष्फोट

310
  •  
  •  
  •  

कैलाली, १९ मंसिर (ओएनएस) :  वाम गठबन्धनको तर्फबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार एवं नेकपा माओवादी केन्द्रका नेता लेखराज भट्टको घर नजिकै बम विष्फोट भएको छ ।

भट्टको घरबाट चार सय मिटर टाढा पूर्वमा रहेको नालामा मंगलबार बिहान ४ बजे बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बीरबहादुर बुढा मगरले ओएनएसलाई जानकारी दिए ।बम विस्फोट भएको ठाउमा ४ सय मिटर लामो तार भेटिएको छ ।

बिस्फोट भए लगत्तै घटना स्थलमा नेपाल प्रहरी र नेपाली सेना घटनास्थल पुगेको थियो । बिस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •