सामाजिक विकासमन्त्री घिमिरेलाई लक्षित गरी बम प्रहार

287
  •  
  •  
  •  

काठमाडौं, ११ चैत (अाेएनएस): प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई लक्षित गरी मोरङको पथरी शनिश्चरेमा बम प्रहार भएको छ।

काम विशेषले विराटनगरबाट झापा प्रस्थान गरेका मन्त्री घिमिरे चढेको गाडीनजिक आइतबार बिहान बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए।

उनले भने,’पूर्वपश्चिम राजमार्गस्थित पथरीको हरियाली सामुदायिक वननजिकको सडकमा मन्त्री ज्यु गुगेका समयमा सुतली बम विस्फोट भएको हाे।’

बम प्रहार गर्नेहरुकाे खाेजी भइरहेकाे प्रहरीले जनाएकाे छ। विप्लव माओवादीले बन्दको आह्वान गरेको अवस्थामा उसैले बम विस्फोट गराएको हुनसक्ने प्रहरीको भनाइ छ। बन्द आह्वान गरेको भनिए पनि सुनसरी र मोरङमा बन्दको कुनै प्रभाव परेको छैन। यातायात र पसलहरु खुलेका छन्।


  •  
  •  
  •