भारतीय दूतावासको कार्यालयमा बम विस्फोट गराउने दुई पक्राउ

227
  •  
  •  
  •  

काठमाडाैँ, १० बैशाख (अाेएनएस) : भारतीय दूतावासको कार्यालयमा बम विस्फोट गराउने दुईजनालार्इ प्रहरीले पक्राउ गरेकाे छ।

भारतीय राजदूतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ  गरी सार्वजनिक गरेको हाे।

पक्राउ पर्नेमा मोरङ, बेलबारी–४ का ४२ वर्षीय ‘युगेन’ भनिने उदय राई र ताप्लेजुङका ३४ वर्षीय भीम लिम्बू रहेका छन् ।जिल्ला प्रहरी कार्यालय मोरङले उनीहरुलार्इ सोमबार पत्रकार सम्मेलन गरी उनीहरुलार्इ सार्वजनिक गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी अरुणकुमार बिसीले घटनामा नेत्रविक्रम चन्द नेतृत्वको समूहको संलग्नता रहेको बताए ।

एसपी बिसीले पक्राउ परेका राई नेकपा (विप्लव) समुहकाका मोरङ जिल्ला सेक्रेटरी रहेको जानकारी दिए । अर्का अभियुक्त सोही पार्टीको कार्यकर्ता रहेको उनको भनाइ छ ।

वैशाख ३ गते विराटनगर १३ स्थित मलायारोडमा रहेको भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बेलुकी सवा ८ बजेतिर भएको विस्फोटमा कार्यालयको पछाडिको पर्खालमा क्षति पुगेको थियो ।

 


  •  
  •  
  •