कार्यालयमा बम बिष्फोट

260
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : सर्लाहीको इश्वरपुरमा रहेकाे वन परियोजनाको कार्यालयमा बम बिष्फोट भएकाे छ। सागरनाथ वन परियोजनाको कार्यालयमा शनिबार राति प्रेसर कुकर बम बिष्फोट भएको हाे ।

राति १२ बजे अज्ञात समुहले कार्यालय हातामा बम बिष्फोट गराएको परियोजनाका लेखापाल सन्दीप पन्थीले जानकारी दिए।

राति एक्कासी ठूलो आवाजमा बम बिष्फोट भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो । बम बिष्फोट भएको स्थलमा प्रेसर कुकरका टुक्राहरु भेटिएको र परियोजनाको कार्यालयको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •