बम विस्फोटका सामग्रीसहित नेकपाका दुई कार्यकर्ता रंगे हात पक्राउ

185
  •  
  •  
  •  

सिन्धुली, ८ वैशाख (ओएनएस): बम विस्फोटका सामग्रीसहित नेकपा माअाेवादी विप्लव समुहका दुई कार्यकर्तालार्इ रंगे हात सिन्धुली प्रहरीले पक्राउ गरेकाे छ।

विशेष सूचनाकाे अाधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीद्धारा खटिएकाे प्रहरी टाेलीले विप्लव समुहका दुई कार्यकर्तालार्इ रंगेहात हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट बम विस्फोटका सामग्रीसहित पक्राउ गरेको हाे।

बम विस्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित उनीहरुलार्इ जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएकाे छ।

सिन्धुली प्रहरीले आज पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराएको छ।

पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेल रहेको प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिए।

उनीहरुको साथबाट (जिलेटिन नियोजेल ९०) ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

पक्राउ गरिएकामध्ये बस्नेत यसभन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट रु दुई हजार धरौटी राखी तारेखमा छुटेका थिए।


  •  
  •  
  •